🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ बसपार्कको टिकट-काउण्टर ब्यवस्थित भयो

काठमाडौं, बैशाख २४ \\    नयाँ बसपार्क व्यवस्थापनको जिम्मा ल्होत्से बहुद्देश्यीय प्रालिले लिएसँगै यात्रुहरुको झोला तानातान र भद्रगोलको अन्त्य भएको महसुस गर्नथालिएको छ।

“अहिलेसम्म नयाँ बसपार्क पुग्दा दलालहरुले ‘कहाँ जाने ?’ भन्दै झोला नै तान्न अइपुग्थे । अब दलालहरुसँग ल्होत्सेको सम्बन्ध हुँदैन । हाम्रा कर्मचारीले तोकिएको भाडादरमा टिकट काट्छन्”,   ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवरले भने।

यसअघि बसमा यात्रु भरेबापत दलालले १५ प्रतिशत आफ्नै खल्तिमा हाल्थे । दलालीले गर्दा भाडामा मनलाग्दी थियो । समितिहरुबीच पनि आपसी मिलेमतोमा टिकटमै कार्टेलिङ हुन्थ्यो ।

यात्रुहरुलाई सिट छ भनेर टिकट काटेर मुढामा राखिदिने, थोत्रा बसमा कोचिदिने, बीच बाटोमा पुगेर सिट मिलाइदिन्छु भनेर आश्वासन मात्रै दिने, भाडा महँगो लिने लगायतका समस्या थिए । अब ती सबै अब्यवस्था र भद्रगोल अन्त्य भएर ब्यवस्थित सिष्टममा काम हुने भएकोले यात्रुहरुले सहजता महसुस गर्ने कुँवरको दाबी छ।

“सबै कम्पनीका काउन्टर राख्न सम्भव हुँदैन । त्यसैले बसपार्कभित्र ब्यवस्थित र सहज तवरले, यात्रुले चाहेकै कम्पनीका बसको टिकट हामी दिन्छौं”,  सुनिल कुँवरले भने ।