🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता, लिखित परीक्षा दिनु नपर्ने

 

काठमाडौं, ५ असोज : नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ।

सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएकाे छ ।

\"\"

उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्रथामिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

१० असोजभित्र आवश्यक कागज जागतसहित दरखास्त फारम भरी बुझाउन सकिने छ । यसपटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ताबाटै पत्रकार छानिने भएकाे छ

दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिने छ ।

न्युज कारखाना