🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

झापामा कार दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

काठमाडौं, ४ असोज । कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.१४ च ९१०८ नम्बरको कार पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१० मा दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीको भनाइ छ । अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको थियो ।

दुर्घटनामा परेर दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए। दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । 

घाइते हुनेमा मोरङ सुन्दरहरैँचा–६ की ४० वर्षीया रिता चौधरी, इटहरी–८ का २७ वर्षीय तेजन चौधरी, धरान–१५ का  ३६ वर्षीय बिबिसन दास र धरान–१५ कै ३३ वर्षीय राजेश चौधरी छन् । उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीकझ भनाई छ ।

 

न्युज कारखाना