🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अचम्मका वैवाहिक रीतिरिवाजहरु

वैवाहिक परम्परा मुलुक, धर्म तथा जातजातिअनुरुप फरक फरक छन् । कतिपय वैवाहिक रीतिरिवाजले अचम्मित पार्ने पनि गर्दछन् । हो, जानौं केही मुलुका यस्ता वैवाहिक रीतिरिवाज जुन अचम्मित छन् : 

फ्रान्समा एक चारिवारी भन्ने परम्परा पालन गरिन्छ, जसमा बेहुला बेहुलीलाई विवाहको रात परिवारजन तथा इष्टमित्रले ढोकाबाट भाँडाकुँडाले हिर्काउने गर्दछन् । साथै, जोडीलाई बाहिर निकालेर ड्रिंक्स तथा स्न्याक्स अफर गरिन्छ । 

संयुक्त अधिराज्य बेलायतको एक मुलुक स्कटल्याण्डमा बेहुला बेहुलीमाथि फोहर, कचडा तथा खराब चिजहरु बर्साइन्छ । यसको धार्मिक महत्व बेहुला बेहुलीलाई जीवनमा आइपर्ने हरेक समस्याको सामना गर्न सकुन् भन्ने हो भनिन्छ । 

त्यसैगरी, हाम्रो छिमेकी मुलुक चीनमा पनि विचित्रको परम्परा अपनाइने गरिन्छ । चीनमा विवाह हुनुभन्दा एक महिना पहिलादेखि नै बेहुलीले हरेक दिन एक घण्टा रुनुपर्ने हुन्छ । साथै, उनको परिवार पनि युवतीसँगै रुने गर्दछन् । 
बहुसंख्यक हिन्दु रहेका मुलुक फिजीमा युवतीको हात माग्न आउने युवकलाई युवतीका बाबुले ह्वेलको दाँत उपहारस्वरुप दिनुपर्दछ । 

त्यसैगरी, बेलायत अधिराज्यकै एक मुलुक वेल्समा पनि विचित्रको परम्परा कायम छ, वैवाहिक रीतिरिवाजमा । श्रीमान्ले श्रीमतीलाई कहिल्यै खाली पेट नसुताउने उद्देश्य राखेर यो लभस्पुन (एकप्रकारको गिफ्ट) प्रदान गरिन्छ ।