🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘ऋतुहरूमा’ गायक तथा मोडल शाहिलराज पाण्डे र स्मारिकाको रोमान्स(भिडियो)

काठमाडौं, २६ भदौ : गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरूमाको म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडलसमेत रहेका गायक शाहिलकै शब्द सृजनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ ।

\"\"

पेसाले मेकानिकल इञ्जिनियरसमेत रहेका गायक तथा मोडल शाहिललाई ऋतुहरूमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् । नजानेरै सुटुक्क एकै नजरमा प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्वय शाहिल र स्मारिकाको अभिनय देख्न सकिन्छ । 

गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

भिडियो गायक शाहिलकै आफ्नै अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक शाहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।

भिडियो

न्युज कारखाना