🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिट बाँडफाँडमा महामन्त्री गगन थापाले नै लत्ताे छाडेपछि समस्यामा शेखर समूह !

काठमाडौं । कांग्रेसभित्र सिट बाँडफाँडको विषयमा निकै ठूलो लफडा सुरु भएको छ । त्यही लफडाका कारणले कांग्रेसका तीन गुटले तीनगरी दाबी गरिरहेका छन् । तीनवटा गुटमध्ये सबैभन्दा बलियो र प्रखर भएर चुनाव बहिस्कारसम्मको धम्की दिन थालेका छन् । सम्मानजनक सिट नपाए चुनाव नै नलड्ने र सभापति शेरबहादुर देउवा नै लडुन् भन्दै शेखर कोइराला पक्षका नेताहरु घुर्की लगाउन थालेका छन् ।

उनीहरुले पार्टीभित्र ४० प्रतिशतको हिस्सा खोजिरहेका छन्  जुन पाउने संभावना कम देखिएको छ । डा. शेखर कोइराला पक्षमा लागेका वरिष्ठ नेताहरुले टिकट नपाउने स्थिति देखिएपछि यस्तो धम्की आउन थालेको देखिन्छ ।

 कतिपयले डडेल्धुराको कर्णबहादुर मल्लको मोडेलमा बागी उठाएर एमालेसँग सहकार्य गर्न सक्ने टिप्पणी पनि हुन थालेको छ । तर, त्यो पार्टी विभाजन गरेजस्तै हुने भएकोले त्यतिसम्म नगरेपनि गठबन्धन गर्ने अन्य दलका उम्मेदवारलाई साथ नदिने रणनीति भने कांग्रेसको डा. शेखर कोइराला समूहले लिन सक्ने देखिएको छ  ।

डा. शेखर कोइराला पक्षका नेताहरु मिनेन्द्र रिजाल, अर्जुनरसिंह केसी, बलबहादुर केसी, गोविन्द पोखरेल, बद्री पाण्डेलगायतका दर्जनौ नेताहरु संस्थापन पक्षको छेदनमा पर्ने देखिएको छ । यो समस्या देखिएका कारणले यो समूहले दोस्रो रणनीति अपनाउन थालेको देखिन्छ ।

 कतिपयले डडेल्धुराको कर्णबहादुर मल्लको मोडेलमा बागी उठाएर एमालेसँग सहकार्य गर्न सक्ने टिप्पणी पनि हुन थालेको छ । तर, त्यो पार्टी विभाजन गरेजस्तै हुने भएकोले त्यतिसम्म नगरेपनि गठबन्धन गर्ने अन्य दलका उम्मेदवारलाई साथ नदिने रणनीति भने कांग्रेसको डा. शेखर कोइराला समूहले लिन सक्ने देखिएको छ ।

अहिले गठबन्धन गर्न नहुने लाइनमा उभियो यो समूहको मूल तर्क नै गठबन्धन गर्दा पार्टीका नेता कार्यकर्ताको भविष्य सकिने भन्ने रहेको छ ।   

   अर्जुननरसिंह केसी नुवाकोटमा समस्यामा परेपछि औपचारिक रुपमा नै आफ्नो समूह सम्मानजनक टिकट नपाए चुनाव नलड्ने बताइरहेका छन् ।

तर, कोइराला पक्षमा रहेका विश्वप्रकाश शर्मा र गगन थापा तुलनात्मक रुपमा देउवासँग निकट देखिन थालेका कारणले डा. शेखर कोइरालापक्षमा पनि समस्या भने देखिएको छ । थापा अहिले गठबन्धनको पक्षमा रहेका छन् । त्यसका लागि केही सिट तलमाथि गर्न पनि गगन थापा तयार हुन थालेका छन् ।

एक सय सिट दाबी गरिरहेका थापाले अचेल कार्यदलमा ९० भन्दा पनि तल झर्न राजी भएकाे कांग्रेसका एक नेताले बताए  ।

  त्यसै अनुसार सहमतिको प्रयास भइरहेको छ । कार्यदलले आजसम्म टुंगो लगाउने भनिएको छ । यद्यपी, अन्तिम टुंगो लाग्ने गरी चुनावी सिट बाँडफाँड भने भएको छैन ।