🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाको हेलिकप्टरद्वारा गर्भवतीको उद्धार

दैलेख,  (रासस) : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । भैरवी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट   भदौ  १५ गते उद्धार गरिएको हो ।

    सुत्केरी हुने क्रममा अगाडि नै रक्तस्राव भएकाले गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको हो । अहिले सुनिताको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

    दैलेखमा शल्यक्रियाको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउनु परेको हो । हेल्थ असिस्टेन्ट वीरेन्द्रराज शाहीले भन्नुभयो, “जिल्ला अस्पताल दैलेखमा शल्यक्रिका लागि एनेस्थेसिया नहुँदा सुर्खेत पठाउनुपरेको हो ।”
–––