🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गहुँको बीउ नै नरहने गरी खायो असिनाले 

जाजरकोट, १९ वैशाख : मंगलबार राति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । 

 लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा रहेको काफललगायतमा क्षति भएको बारेकोट गाउँपालिका–५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए । 

गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसान असिनाले क्षति बनाएपछि किसान पीडामा रहेको शाहीको भनाइ छ । बारेकोट गाउँपालिकाका करीब पाँच हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति भएको हो । 

वर्षेनि खाद्य संकट पर्ने यो क्षेत्रमा यो पटक भित्र्याउन ठिक्क भएको अवस्था रहेको गहुँमा क्षति भएपछि किसान खाद्य अभावको चिन्तामा परेका छन् । वर्षे बाली भण्डारण गरेको अन्न सकिएको र नयाँ अन्न असिनाले नष्ट गरेपछि यहाँका किसान मर्कामा परेका हुन् । 

अहिलेसम्मकै ठूलो असिना परेको कुशे गाउँपालिकाका स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । कुशेका केही क्षेत्रमा मात्र गहुँबालीमा क्षति भएको स्थानीयले बताएका छन् ।

 थापाका अनुसार गहुँको नल समेत असिनाले बाँकी राखेको छैन । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले क्षतिको समाचारले आफू निकै चिन्तित भएको बताए ।

स्थानीय बजारमा खाद्यान्न नपाइने र नेपाल खाद्य संस्थानको घाट डिपोमा चामल नभएका कारण समस्या भएको स्थानीयवासीको गुनासो छ । असिनाकै कारण बारेकोटकै चौथारी पाटनमा ४० भन्दा बढी भेडा मरेको किसानले जानकारी दिएका छन् । 

जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा वन मन्त्री शक्तिबहादुर बस्नेतले असिनाले गहुँमा पारेको क्षतिका विषयमा चिन्तित भएको बताउँदै खाद्य संकट टार्न पहल गरिने बताए । 

क्षतिको विवरण लिन स्थानीय गाउँपालिका र प्रशासनलाई निर्देशन दिइएको र विवरण आउने बित्तिकै राहत प्याकेजका लागि गृहकार्य हुने उनको भनाइ छ । रासस