🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।

केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे । 

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।  पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते हुनेछ ।