🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बर्सातको रौद्ररुप र भक्तपुरे चुनावको चर्चा

\"\" २०७९ आषाढ १४ गते दिउँसोतिर जानकी मिथिला माफ गर्नुहोस है मधेश प्रदेशका पूर्व गभर्नर राजेश अहिराजजीले ‘सत्य र असत्य छुट्ट्याएर बोल्न थाल्नुस्, देश आफै गति लिन थाल्छ ।’ भनेर पोष्ट गर्नुभएको थियो । देशले गति लिन्छ कि लिँदैन म ठोकुवा गर्न सक्तिन तर आज निम्न कुराहरु सत्यअसत्य हुन कि हैनन्, छुट्याउँदै–खुट्याउँदै फैशला गर्न पाठकज्यूहरुलाई नै न्यायधीश बनाएँ है ।

(२) बर्सातको भरोशा हुन्न :

२०४१ सालमा होश वा २०५२ सालको बर्सात प्रलय होस्, प्रकृतिको मुशलधारे रुपको समय यत्ति नै हो भन्ने ठेगान हुन्न । बर्सातले यस्ता रौद्ररुप देखाउने समय अझैं बाँकी छ । केही दिन अघि  सिन्धुली, सिन्धुपाल्चोक र नुवाकोटमा महादेव रुप देखिसकिएको छ ।

(३) स्थानीय निकायको छनक भनक :   

विराटनगरमा नागेश कोइराला हस्याङ्ग र फस्याङ्ग गर्दै छाता पनि नबोकी अर्ध पत्तलुन–हाफ पैण्ट लाएर डुवान क्षेत्रको अवलोकन अनुगमन गर्न जाँनु भएछ । जनताले महानगर प्रमुख भिज्नु भयो भनेर छाता ओडाई दिएछन् । महाराजा जस्तो छाता ओडाउनु पर्ने भन्दै त्यसको पनि आलोचना भयो । कार्यभार सम्हालेको एक महिना नहुँदै प्रकृति विपत् आईलाग्यो ।

\"\"

 तर, यस्तो विपत् मेयरले २ बर्ष अघि देखि सक्नु भएकाले अब गुरु योजनातिर लाग्नु हुन्छ । र, विज्ञसँग छलफल जारी गर्दै भन्ने  उद्घोषले छापेको खवर मैले विराटनगर पो आफ्नो भन्ने शीर्षकमा फेशबुकवालमा राखेको थिएँ । र, पुर्खाले आर्जन गरेको सम्पत्ति नै सम्भाली नसक्नु भएका नागेश कोइराला सार्वजनिक खरिदका तत्काल फायदा हुने कुरामा लाग्नु हुन्न ।

गठबन्धन पक्षधरहरुले ‘यसपालि महेशलाई हराएर देखाईदिने ’ठोकुवा गरेपनि एमाले पक्षधरहरुले ‘मनको लड्डु घ्यूसँग खाँदै यही आत्मरतिमा रमाउनु होस्, हामी महेशको बिजय जुलुशसँग लड्डु लिएर हजुरहरुलाई बाँड्न आउने छौं’ भनेर ठूलो स्वरमा कराउँदै गर्दा कार्यालय समयको घडी हेर्दै हामी विदा भयौं ।

मोरङ्ग विराटनगरका छोरा हुन भन्ने अलिकति आशा विराटनगरवासीलाई भएपनि विराटनगरका प्रमुखलगायत वर्तमान सवै पदाधिकारीबाट विराटनगरवासीले कुनै सुधार हुने आशा नगरेको कुरा पनि आफूले २०७९ साउन १५ देखि ३० सम्म विराटनगरमा सम्पर्क गरेका महानुभावहरुबाट सुनेकाले मैले यो कुरा पनि फेशबुक वालमा राखेको थिएँ ।

अहिलेका धेरै जसो स्थानीय निकायहरुका बजेट नीति बमोजिमका कार्यक्रम अनुसारका क्रियापलापहरुमा छुट्याइएको भनिएपनि सार्वजनिक खरिदका तत्काल फायदा हुने अनुत्पादक क्रियाकलापहरु रहेका व्यहोरा छर्लङ्ग भएका छन् । सामाजिक निगरानी समाजले, जनताले गर्दैछन्–अवश्य गर्नेछन भन्ने आशा छ ।

 बि.सं. २०७४ सालमा हामी बसेको अस्थायी बसोबास क्षेत्र सूर्य विनायक बार्ड नं.३ ब्रम्हनगरमा बाढीले डुवान गर्दा त्यसबेलाका एमाले मेयर, उपमेयर हाम्रो टोलमा आएनन् । डुवान भएमा अव अवलोकन अनुगमन हुन्छ हुँदैन ठोकुवा नगरेपनि हुन्छ भन्ने विश्वासको अनुमान छ । तर, नडुवोस् है ब्रम्हनगर, नयाँबस्ती, गौरी शङ्कर मार्ग ।

रामेछाप–कमलामाई सिन्धुली नपा–मरिण गाउँपालिका सिन्धुली–सुनकोशी गाउँपालिका सिन्धुलीले प्रशंसा पाउन थाली सकेको र गोलाञ्जोर गाउँ पालिका सिन्धुलीको इच्छा शक्तिको महत्तम प्रयोग चाहिँ यो गर्ने कि त्यो गर्ने कि सवै एकैचोटी गर्ने कि भन्ने मै अलमलिएको जस्तो छ ।

\"\"

(४) भक्तपुर क्षेत्र नम्बर २ को चुनावी चर्चा :

आफ्नो उमेर पनि ढल्कदैं गएको सन्दर्भमा विराटनगरमा साउन १५ देखि ३० गतेसम्म स्व.जेठो दाजुको काममा भएको ब्यस्तताले शरीर शिथिल भएकोमा विराटनगरबाट साउन ३० गते फर्केपछि ३१ गते देखि कोठाबाट बाहिर ननिस्किएकोमा आज विहान डुल्दै गएकोमा स्व.दाजुप्रतिको श्रद्धान्जलि र हामी परिवारमा जनमा समवेदना पुन :ब्रम्हनगर टोलबासीहरुमध्येबाट प्राप्त भयो । कुराको सन्दर्भमा कसकसले भक्तपुर क्षेत्र नं. २ बाट चुनावी टिकट पाउने कसले जित्ने भन्ने चर्चा पनि चल्यो ।

(४क) कोही एमाले कोही बामाले त कोही गठबन्धन :

कोही एमाले कोही बामाले त कोही माधव आफैं उठेपनि चुनाव चिन्ह पत्ता लाउने प्राविधिक कठिनाई भएकाले उनी पनि हार्छन भन्दै थिए त कोही पाँच दलीय गठबन्धनका तर्फवाट सोही क्षेत्रमा माओवादी केन्द्रका नेता दीपशिखाले पनि दावेदारी पेश गरिरहनु भएको छ भन्ने चर्चा भएको कुरा उठाउँदै थिए ।

 \"\"
काँग्रेसबाट दुर्लभ थापा र देशान्तर सञ्चारकर्मी कविर राणाको टिकट पाउने भन्दै गर्दा एक जना काँग्रेस कार्यकर्ता त ‘हाम्रा काँग्रेस नेतासँग स्थानीय चुनावदेखि विश्वास हटेकाले यिनीहरु आफैं बिचलित हुन्छन्, महेश बस्नेतले पुरै गठबन्धन नै छिन्नभिन्न गर्नुहुन्छ हेर्दै जानु होला नि ’भनेर असन्तोष पोख्दै गर्दा ‘बामालेले अहिले यस्तो हल्ला गर्दै गरेको हामीले पनि सुनेका छौं,पराजित मानसिकताको उपज हल्ला हो, विश्वास गर्नु हुन्न’पनि भन्दै थिए ।

(४ख) दुर्लभ,कविर र महेशको नाम मैले भन्नै पर्यो :
 

 यी चर्चा परिचर्चाका गफको निष्कर्ष मैले दिनु पर्ने सुझाव आयो । मैले स्पष्ट भनिदिएँ–‘सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवा भक्तपुर आउँदा सभापति दुर्लभ थापाज्यूले “प्रमज्यू महेशले त शेर बहादुर देउवा उठेपनि हराउँछु भन्नु भएको छ” भन्दा “यस्तो वहियात कुरा गर्ने ” भन्दै दुर्लभ थापाज्यूप्रति अनुहार नै रातोपिरो हुनेगरि खवरदारी गर्नु भएको थियो भन्ने चर्चा त्यसबेला चलेको मैले सुनेको थिएँ ।’
 \"\"

\"\"
'दुई तिहाई बाम सरकारलाई प्रचण्ड माधव तथा झलनाथबाट मुक्त गर्न किसान श्रेष्ठ–सर्वेन्द्र खनालसँग मिलेर जसपाको एक साँसदको मञ्जुरी( मैले तराईबासी स्थानीय भाषी नेताहरु मन्त्री पाउने भए तराई नै बेच्न तयार छन् भन्ने तराईबासी स्थानीय भाषी सर्वसाधारणको मुखबाट सुनेकाले त्यो लालचको मञ्जुरी थियो अपहरण थिएन भन्ने मेरो अहिलेसम्मको बुझाई छ, म गलत हुन सक्छु) बाट निजलाई बासमतिको भात खुवाउँदै होटलमा सवै थोकको व्यवस्थापन  गरेर राखेपछि उत्पन्न विवादले अर्कै रुप लिएर योजना असफल भएपछि नेपाली काँग्रेसका शालिन युवा नेता प्रदीप पौडेलसँगको प्राइम टिभीमा भक्तपुर क्षेत्र नं. २ का वर्तमान प्रतिनिधि सभा संघीय साँसद महेश बस्नेतले “हेर्दै जानु होला प्रदीपजी म आगामी चुनावमा यही क्षेत्रबाट मज्जाले जितेर देखाईदिन्छु ”भनेर चुनौती शैलीमा ठोकुवा नै गर्नु भएको थियो ।'

‘स्थानीय निर्वाचनमा उहाँकै रणनीति एवं कार्यनीतिले सूर्य बिनायक नगर पालिकामा एमालेले चमत्कारिक नतिजा कायम गर्यो । उहाँको सामाजिकीकरण समाजका सवै बर्ग तप्कासम्म पुगेकोमात्र हैन अहिले पनि स्थानीय तहको विकाश निर्माणको काममा  बदमासी नहोस् भनेर स्थानीय पदाधिकारीहरु समेत साक्षी राखेर आफैं अनुगमन गर्नु हुन्छ । '

'सम्पन्नताका मालिक हुन रे भन्ने सुनेको थिएँ तर पहिरन पनि साधारण जुत्ता, पाइन्ट लाउनु हुन्छ । विरामी परे पनि सवै जनतासँग भेट्नु हुन्छ । कसैलाई विवाह, विमारी, केटाकेटी पढाउन आपत् विपत् परेमा नेपाली काँग्रेसका पूर्व पन्त्री खुम बहादुर खड्काले जस्तो सहयोग पनि गर्नु हुन्छ भन्ने सुनेको छु ’

‘साँसद महेश बस्नेतज्यूले पूर्वाञ्चल विश्वविधालयका पदाधिकारी देखि पश्चिमाञ्चलका अरु सार्वजनिक निकायका पदाधिकारीलाई समेत भेट दिनु हुन्छ ।
\"\"

कविरजी पनि मेरो शुभ चिन्तक हुनुहुन्छ ,टिकट पाएर बिजयी हुनुहोस् मनैदेखि भावनात्मक गदगदपूर्ण शुभकामना छ  ।
'तर, उहाँहरूको सामाजीकरणको अहिलेको स्थिति हेर्दा उहाँले धेरै मेहनत गर्नुपर्छ । बरु दमन ढुङ्गानाज्यूलाई भेटियो देखियो तर दुर्लभजीलाई त मैले सोसल मेडियामा मात्र देखेको हो । '

‘मेरो बरु अरु काँग्रेस नेतासँग घुलमिल छ । त्यसैले कविरजी र दुर्लभजीले यही सामाजिक व्यवहारबाट चुनाव जित्न उच्चस्तरका नेताहरुसँग मात्र देखाउने  ‘गणेश प्रवुत्तिस’ लाई जनमनतर्फ मोडन जरुरी छ । 

गठबन्धनमा काँग्रेसले टिकट पाए प्रतिष्पर्धा हुने तर गठबन्धनका काँग्रेस बाहेक अरुले टिकट पाए पराजय हुने सम्भावना टड्कारो नै छ ।’ ‘लालबावुलाई म चिन्दिन भन्दा शेखर दाईले पराजित हुने एक कारण त्यो नचिन्ने भनाई पनि रहेको कुराको हेक्का भक्तपुरे काँग्रेसलाई पक्कै रहेको छ । ’
 \"\"

दुर्लभ थापाज्यू भन्नु हुन्छ –"यस क्षेत्रवाट कांग्रेसको जितको लागि मेरो उम्मेदवारी निकै बलियो मानिने छ । सभापति देउवाले एक बर्ष अगाडि देखिनै तपाई उठ्नुपर्छ । टिकट पक्का छ । यहाँ पार्टीको बलियो उम्मेदवार तपाईनै हो भन्नु भएको छ (अर्थ बुलेटिन ६ भदौ २०७९)।" दुर्लभ थापाज्यूले टिकट पाएर बिजयी हुनुहोस् अन्तरआत्मा देखि शुभेच्छा प्रकट गर्दछु । '

 (४ग) मेरो कुरामा चित्त बुझाउने र नबुझाउनेको गन्थन :

मेरो माथिको कुरालाई कतिले सही कुरा गर्नु भो भने पनि ‘महेश त प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्गको प्रमुख भए देखि नै विवादित मानिस हुन, विराटनगरको परशुराम बस्नेतलाई बचाउन विवादस्पद भूमिका खेलेका कुरा सरले कसरी विर्सनु भयो, यिनलाई जसरी पनि हराउनु पर्छ’भनेर मलाई औंलो तेर्साउँदै गर्दा ‘मैले हाम्रा नेताहरुको विगतको सिद्धान्त, विचार, नैतिकता, सदाचार हेरेर हामीले उहाँहरुप्रति पूर्ण विश्वास गरेका थियौंं । तर, अहिले वर्तमानमा किन तिनै नेतालाई छि छि दुर्र दुर्र गर्न थालेका छौं ?’

‘त्यसैले, विगत हैन वर्तमानको सन्दर्भमा मैले महेशलाई भनेको हो ’ भन्दै गर्दा ‘महेश कै निर्देशनमा चक्रपथ घेर्न आएका निम्न वर्गका जनतालाई मान्छे लाएर लखेटेको र भारतका मानव अधिकारकर्मी सुहास चक्माले द काठमाण्डौं पोष्टमा यदि युवासंघलाई भारतले ब्याक सपाेर्ट गरेको हो भने त्यो भूल हुनेछ भनेर विचार दिएको’ प्रसङ्ग एक जना बासिन्दाले उठाउँदा ‘आफूले पनि यो कुरा सुनेको त हो, तर अब जसको सरकारको विरुद्ध माओवादीले यो चक्रपथ घेरेको थियो अब उही पात्रसँग अहिले हातेमाले चलेकाले उहिलेका कुरा खुईलिए ’भनेर मैले प्रतिउत्तर गर्दा ती बासिन्दालाई चित्त बुझेन ।

उनी गठबन्धन समर्थक हुनुहुँदो रहेछ ।  गठबन्धन पक्षधरहरुले ‘यसपालि महेशलाई हराएर देखाईदिने ’ठोकुवा गरेपनि एमाले पक्षधरहरुले ‘मनको लड्डु घ्यूसँग खाँदै यही आत्मरतिमा रमाउनु होस्, हामी महेशको बिजय जुलुशसँग लड्डु लिएर हजुरहरुलाई बाँड्न आउने छौं’ भनेर ठूलो स्वरमा कराउँदै गर्दा कार्यालय समयको घडी हेर्दै हामी विदा भयौं ।

(५) चुनाव त हुन्छ ?:

भक्तपुरमा चुनाव लागि सकेछ । स्थानीय चुनावमा ‘मत खसाल्न नजाने, हाम्रो समाचार प्रतिवेदन गर्नु है ’भनेर नामाङ्कन अघि नै पत्रकारलाई समेत हाम्रो अडानको जानकारी गराएकोमा आफैंले आत्मै देखि यिनले जितुन भनेर कामना गरेकाहरु उठेपछि मत खसाल्ने त के मत नै माग्नु पर्ने अवस्था आएर अडानमा विचलन भएको थियो ।

अबको आम निर्वाचनमा के हुने हो ? चुनाव त हुन्छ ? निर्वाचन आयोगबाट यस्तो कुरा नगर्न ध्यान आकर्षण गराइएको 'चुनाव त हुन्छ ?' भन्ने सर्वसाधारणीय जिज्ञाशाले जनताको मनको कुनामा अझै बास गरेको पाइन्छ । र  निर्वाचन त तामझामसहित हुन्छ हुन्छ ।  

(स्वतंत्र लेखनमा संलग्न लेखक नेपाल सरकारका पूर्व महानिर्देशक तथा पूर्व सिडिओ हुन् )
(विम्ब,छविचित्र–सौजन्य :– लेखकले सोसल मेडिया सामाजिक सञ्जालबाटमार्फत गुगल इन्टरनेट २०२२ बि.सं. २०७९  बाट लिनु भएको)।