🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

सीउल, ६ भदौ : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सोमबार क्षेत्रीय तालिमसँग सुरु गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् ।

उल्ची फ्रीडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्त्यसम्म चल्नेछ । गत मेमा कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले संयुक्त अभ्यासलाई ‘सामान्य’ बनाउने र उत्तर विरुद्ध प्रतिरोध बढाउने वाचा गरिरहेका बेला पछिल्लो अभ्यास सुरु भएको हो ।

पछिल्ला वर्षहरूमा कोभिड–१९ को कारणले रोकिएकोे अभ्यासहरूलाई आक्रमणको लागि पूर्वाभ्यास बताइएको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अभ्यासको लागि प्रारम्भिक प्रशिक्षण सुरु गरेपछि उत्तर कोरियाले गत साता पश्चिमी तटीय शहर ओन्चोनबाट दुईवटा क्रुज मिसाइल प्रहार गरेको थियो ।

उत्तर कोरियाले यस वर्ष अभूतपूर्व गतिमा क्षेप्यास्त्र परीक्षण गरेको छ र जुनसुकै बेला आफ्नो सातौं आणविक परीक्षण गर्न तयार रहेको दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ ।
एजेन्सी