🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक

काठमाडाैं । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी २०७९ भदौं २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

\"\"
 राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि २०७९ भदाै २ गते  बिहीवार समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।

आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसंग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएका छन् ।

समझदारी समारोहमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ वर्ष पहिला स्थापना भएको बाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालिम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउदैं यो सम्मेलनले देशभरका युवाहरुमा बित्तीय साक्षरता, बैकिङ् पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास ब्यक्त गरेका छन् । 

त्यसैगरी सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानून, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताएका थिए ।

 ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सम्मेलनमा सहभागी हुने बताइएकाे छ । सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समूहगत छलफल, नेटवर्किङ्, सफल युवा उद्यमीहरुको प्रस्तुतिसहितको अवार्ड वितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् ।

सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत साझेदार रहेको बताइएकाे छ ।