🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ 

ओखलढुंगा । मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जना छन् । उनीहरुलाई करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु राजस्व छली गरी ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती कपडा भेटिएका थिए । बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।