🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्कोर्पियोको ठक्करबाट भारतीय नागरिकको घटनास्थलमै मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ मा आइतबार दिउँसो स्कोर्पियोको ठक्करबाट साइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको छ ।  पथलैया वीरगन्ज सडकखण्डमा रहेको महागढी पेट्रोल पम्प नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कोर्पियोले साइकललाई दिउँसो ३:३५ बजेतिर ठक्कर दिँदा साइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार दुर्घटनामा परेर साइकल चालक भारत घर भई हाल पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–३२ परसवा बस्दै आएका ४२ वर्षीया कनहाई साह तेलीको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै स्कोर्पियो चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–२४ रामगढवा घर भएका २४ वर्षीय सञ्जय बैठालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।