🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१८ औं एशियाडलाई कराते खेलाडी छनोट

काठमाडौँ, १६ वैशाख स् आगामी भदौमा इन्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद (एशियाड)का लागि कराते खेलाडी छनोट भएका छन् ।

समान ४–४ पुरुष र महिला गरी आठ खेलाडी छनोट भएको रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिए । छनोट भएका एकबाहेक सबै विभागीय टोलीका खेलाडी हुन् ।

पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बास्तोला, ५५ केजीमा नेपाल प्रहरीका सोनाम लामा, ६७ केजीमा काठमाडौँका नवीन रसाइली र ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ छनोट भए ।

यता महिला तर्फको एकल कातामा प्रहरीकी चन्चला दनुवार, ५० केजीमा एपिएफकी अनु अधिकारी, ६१ केजीमा प्रहरीकी सुनिता महर्जन र ६८ केजीमाथि सेनाकी रीता कार्की छनोट भए ।

दक्षिण कोरियाको इन्चोनमा भएको गत संस्करणमा करातेले नै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । त्यतिबेला विमला तामाङले महिला एकल कातामा जितेको कांस्य पदक नै नेपालको एक मात्र पदक थियो । 

१८औँ एशियाली खेलकूदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले वैशाख १० गते राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रीमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विक, करातेका मुख्य प्रशिक्षक शोभितराज प्रसाईं र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ छन् ।