सल्यान। बागचौर नगरपालिका-३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ गोठीवन बस्ने ३९ वर्षीय लिलमान भण्डारी लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सो ठाउँमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



