एमाले सत्ता गठबन्धन इतरका दलहरुसँग मिलेर चुनावी तयारीमा लाग्ने तयारीमा रहेको छ । एमाले चुनावमा एक्लै जाने कि सत्ता गठबन्धन इतरको गठबन्धनसँग मिलेर जाने भन्नेमा अनौपचारिक छलफल गर्न थालेको खबर छ । उपल्लो तहका नेताहरुका अनुसार, गठबन्धनजस्तो नदेखिने तर सानातिना दलहरुलाई पनि समेट्ने तयारी भइरहेको छ । त्यसो गर्दा समानुपातिक मत बढ्न सक्ने एमालेको अनुमान रहेको छ ।
प्रत्यक्षतर्फ कम सीट जितिएपनि पनि समानुपातिकतर्फबाट सबैभन्दा धेरे मत ल्याएर सीट धेरै ल्याउने रणनीति एमालेले बनाएको छ । त्यसैले, एकीकृत समाजवादीका कारण काटिने भोट अन्यत्रबाट पुर्ताल गर्ने र केही थप पनि गर्ने रणनीतिमा रहेका कारण एमालेले साना पार्टीलाई साथ लिन खोजेको हो ।
अहिले एमाले पनि मधेशमा जनमत बढाउने अवस्थामा रहेका कारण लोसपा र एमाले मिल्न सक्ने संभावना रहेको बताइएको छ । कैलाली, बर्दिया, बाँके, दाङलगायत तराईका केही थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीको पनि प्रभाव रहेको छ । सिके राउतको जनमत पार्टी, कमल थापाको राप्रपा नेपाल पार्टीसँग सहकार्य गर्न सक्ने देखिएको छ
रेशम चौधरीको उन्नत पार्टी, सिके राउतको जनमत पार्टी, कमल थापाको राप्रपा नेपाल पार्टीसँग सहकार्य गर्न सक्ने देखिएको छ । एमाले स्रोतका अनुसार सीके राउतसँग मिलेर सप्तरी २ मा राउतलाई सहयोग गर्ने तयारी भइरहेको छ । उपेन्द्र यादवको यो क्षेत्रमा एमालेको साथमा राउत चुनाव लड्ने सोचमा रहेका छन् र एमाले पनि यो क्षेत्रमा आफू नजितिने भएका कारण राउतलाई समर्थन गर्न सक्ने बताइएको छ ।
त्यसरी गठबन्धनका शीर्ष नेताहरुलाई अफठ्यारोमा पार्न सकिने भएका कारणले केही स्थानमा तालमेल गर्ने एमाले नेताहरुले बताएका छन् । अहिले पछिल्ला दिनमा लोसपा पनि एमालेसँग मिल्न सकिने विकल्पमा पुगेको छ ।
सत्ता गठबन्धनमा मिल्ने भएपनि सरकारमा सहभागिताका कारण अलमलमा परेको लोसपा सत्ता गठबन्धनको वेवास्ता कारण एमालेसँग मिल्न सकिने विकल्पमा पुगेको हो ।
चुनावको मिति घोषणा अघि नै सरकारमा जान चाहेको लोसपा अब सरकारमा जाने संभावना कम भएका कारणले लोसपा एमालेसँग मिल्नेतिर जाने संभावना बढेको हो ।
अहिले एमाले पनि मधेशमा जनमत बढाउने अवस्थामा रहेका कारण लोसपा र एमाले मिल्न सक्ने संभावना रहेको बताइएको छ । कैलाली, बर्दिया, बाँके, दाङलगायत तराईका केही थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीको पनि प्रभाव रहेको छ ।
त्यो प्रभावबाट कम्तिमा समानुपातिक मत बढाउन सकिने गरी सहकार्य गर्ने एमाले रणनीति रहेको पनि एमालेका एक नेताले बताए । ती नेताका अनुसार सत्ता गठबन्धन कुन हदसम्म बलियो बन्छ त्यसअनुसार नै एमालेले आफ्नो रणनीति बनाउने लागेको पछि ।
राजेन्द्र लिंदेनको राप्रपा भने अहिले यता न उताजस्तो भएको छ । अन्तिममा एमालेसँग मिल्न सक्ने पनि बताइएको छ । झापा, बाँके, हेटौडालगायतका क्षेत्रमा राप्रपासँग मिल्नुपर्ने बाध्यताका कारण एमाले पनि उनीहरुसँग नजिकिने प्रयासमा रहेको छ ।



