🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

वालिङ।छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको छोरीसहित भागी विवाह गरेको निवेदन परिवारले प्रहरीमा दिएसँगै खोजी गर्ने क्रममा साउन २० गते शुक्रबार गल्याङ बजारबाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले बताउनुभयो ।

पक्राउ गरी अनुसन्धानका क्रममा रानाले छ महिनाको छोरीलाई १० गते राति १२ बजेको समयमा घरकै अस्थायी ट्वाइलेटको खाल्डोमा फालेको खुलेकाले खोजी गर्दा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको थियो ।

प्रहरीले राना र कुमाल दुवैलाई नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ ।