🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शाखा अधिकृतलाई प्रमुख अधिकृतको जिम्मेवारी !

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेको पाइएको छ । २०७९ साउन ११ गते मन्त्रालयले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रिय सतर्कता केन्द्रका सन्तोष श्रेष्ठलाई सो जिम्मेवारी दिएर खटाएको छ । जबकि नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतको जिम्मेवारीमा उपसचिवस्तरका कर्मचारीलाई दिने गरिएको छ ।

यस्तै, मन्त्रालयले गृह मन्त्रालयका किशोर कुमार रायलाई रुपनी गाउँपालिका सरुवा गरिएको छ । आदर्श गाउँपालिकाका सुरत बहादुर परियारलाई केआइसिंह गाउँपालिका सरुवा गरिएको छ । 
केआइसिंहका धर्मराज उपाध्यायलाई आदर्श गाउँपालिका सरुवा गरिएको छ । जिल्ला समन्वयन समिति प्यूँठानका महेश के.सी मल्लरानी गाउँपालिका सरुवा गरिएको छ । 

आबुँ खैरेनी गाउँपालिकाका गोपीकृष्ण अर्याललाई मादी गाउँपालिका सरुवा गरिएको छ । मुख्यमन्त्री कार्यालय लुम्बिनीका नेवबहादुर ओलीलाई राप्ती गाउँपालिका दाङ पठाइएको छ । राजपुर गाउँपालिका दाङका चन्द्रकान्त पौडेललाई बंगलाचुली गाउँपालिका दाङ खटाइएको छ । राप्ती गाउँपालिकाका शोभाराम रिजाललाई राजपुर गाउँपालिका सरुवा गरिएको छ ।

गृह मन्त्रालयका लोकेन्द्र बहादुर विष्टलाई नवदुर्गा गाउँपालिका डडेल्धुरा सरुवा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सुन्दर प्रसाद श्रेष्ठलाई रम्भा गाउँपालिका पाल्पा सरुवा गरिएको छ । प्रदेश सभा सचिवालय गण्डकीका विष्णुप्रसाद पौडेललाई फेदीखोला गाउँपालिका स्याङजा पठाइएको छ । मुख्यमन्त्री कार्यालय लुम्बिनीका दुर्गा पौडेललाई सरावल गाउँपालिका नवलपुर सरुवा गरिएको छ । 

नरहरिनाथ गाउँपालिकाका धर्म बुढाको लुङ्ग्री गाउँपालिकामा सरुवा गरिएको छ । लुम्बिनी प्रदेशका शालिकराम पन्थी मदाने गाउँपालिका गुल्मी गरिएको छ भने मदानेका कमल प्रसाद भुसाललाई सत्यावती गाउँपालिका गुल्मी सरुवा गरिएको छ । त्यस्तै गृह मन्त्रालय अन्तर्गतका उदयराज उपाध्याय महाबु गाउँपालिका दैलेख सरुवा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका रेवन्त बहादुर डाँगी रुन्टी गंगा गाउँपालिका रोल्पा र खेमराज छिनाललाई वगनासकाली गाउँपालिका सरुवा गरिएको छ । 

कुम्मायक गाउँपालिकाका देवेन्द्र सुवेदीलाई भुम्लु गाउँपालिका सरुवा गरिएको छ । निर्वाचन आयोगका ज्ञानुराज पन्थीलाई धुर्कोट गाउँपालिका र निमराज भट्टराईलाई सरुमारानी गाउँपालिका सरुवा गरिएको छ । गृह मन्त्रालयका विजय मुक्तान लिखु तामाकोसी गाउँपालिका, जयबहादुर वाइवा त्रिपुरासुन्दरी गाउँपालिका कृष्ण नन्द जोशीलाई अजयमेरु गाउँपालिका सरुवा गरिएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिकाका लक्ष्मण कुइँकेललाई पाँचपोखरी थाङ्पाला गाउँपालिका सरुवा गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका गजेन्द्र थपलियालाई झापा गाउँपालिका सरुवा गरिएको छ । पाँचपखन गाउँपालिकाका मणिराम खतिवडालाई गौरीगञ्ज गाउँपालिका सरुवा गरिएको छ । 

सिद्धकुमाल गाउँपालिकाका मार्शल कुमार ओलीलाई मुख्यमन्त्रीको कार्यालय लुम्बिनी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका राजगिर महतो बरियारपट्टी गाउँपालिका सिरहा सरुवा भएको छ । झापा गाउँपालिकाका खेमराज थापालाई बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।