🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उत्तर र दक्षिण कोरिया आमने सामने हुँदै, अमेरिका उत्साही 

वासिङ्टन, १३ बैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाएका छन् । 

अमेरिकी नेता ट्रम्पले यसपहिले उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात् आगामी मे महिनाको अन्त्य वा जुन महिनाको शुरूमा आफूहरू (ट्रम्प र किम) को भेटवार्ता हुने बताएका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा भने, “हामीले अझै शिखर सम्मेलनका लागि मितिको निर्णय गर्न बाँकी छ । हामीसँग तीन वा चार सम्भावित मितिका बारेमा छलफल भइरहेको छ र वार्ताका लागि विभिन्न पाँच स्थान निर्धारण गरिने छ । यो सम्भवतः नजिक ल्याइने छ ।”

कोरियाली प्रायदीपमा देखिएको सङ्कट समाधानका लागि उत्तर कोरियाली तथा दक्षिण कोरियाली अधिकारीको विभिन्न चरणको छलफल पछि विश्व समुदायको चासोको बिषय बनेको उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकिएको छ ।

ट्रम्पले भने, “कसले जानोस छलफल शुरूहुँदासाथ म बाहिरिने छु वा बैठक नै हुनेछैन ।” उनीहरू (कोरियालीहरू) अहिले भेट्न चाहेका छन् र सम्भवतः कुराकानी हुनेछ ।