🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व सङ्कलन

गलकोट, १३ साउन (रासस) : जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो । कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताउनुभयो ।

आव २०७६/७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ५२ लाख तथा आव २०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ६७ लाख ७३ हजार राजस्व सङ्कलन गरिएको थियो ।

“कारबाहीको सङ्ख्या र राजस्वमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
–––