काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्मकन्या क्याम्पस बागबजारमा क्याम्पस प्रमुख, प्रशासन प्रमुख, विभागीय प्रमुख र लेखाप्रमुखको मिलेमतोमा क्याम्पसलाई करोडौं आर्थिक भार पर्नेगरी कर्मचारी नियुक्तिदेखि सेवासुविधा लिएकोसम्म आरोप लागेको छ । क्याम्पस प्रमुख धनप्रसाद पण्डितलेको नेतृत्वमा झन्डै ७० जना भन्दा बढी कर्मचारीहरु विना प्रतिस्पर्धा आफन्तहरुलाई नियुक्त गरेको पनि आरोप लागेको छ । क्याम्पस प्रमुखको कार्यकाल भर्खरै सकिएपनि उनको उक्त निर्णयको विषयमा प्रश्न भने उठिरहेको छ ।
विवाद बढ्दै गएका कारण रिक्त, क्याम्पस प्रमुख पदमा नियुक्ति समेत हुन सकेको छैन । अहिलेका निमित्त क्याम्पस प्रमुख राजु मल्लमाथि पनि गम्भीर प्रश्न उठाइएको छ । अनियमित कार्यमा क्याम्पस प्रमुख पण्डितसँगै उनको पनि नाम मुछिएको छ । त्यसैगरी कतिपय विभागीय प्रमुखहरु पनि मुछिएका छन् ।
उनीहरुको अनियमित कर्मकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दावीसहितको उजुरी पनि परेको छ । आयोगमा २०७९ जेठ २० गते उजुरी दर्ता भएको पाइएको छ । आयोगमा परेको उजुरी नम्बर भने सी ०४४०८१ रहेको छ ।
आयोगमा परेको उजुरीमा उल्लेख भए अनुसार, पद्मकन्या क्याम्पस बागबजारमा विना प्रतिस्पर्धा विना विज्ञापन आन्तरिक रुपमा राखिएको दरबन्दीसहित भनेर राखकेका सबै कर्मचारीलाई क्याम्पस प्रमुख, तलव खुवाउने लेखा प्रमुखहरु केशव भट्टराईसहित अनियमितताबारे आँखा चिम्लिने त्रिवि आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षकको कार्यालयका कर्मचारीसमेतलाई कारबाहीको दायरामा तान्नुपर्ने माग गरिएको छ ।
इन्टर्नको नाममा विना विज्ञापन र विनाप्रतिस्पर्धा राखिएका सबै मासिक ज्यालादारी र दैनिक ज्यालादारीमा राखिएका सबै कर्मचारी बारे उपयुक्त छानविन गरी सबै प्रकारका नियुक्तिहरु खारेज गर्नुपर्ने पनि उजुरीमा उल्लेख गरिएको छ । क्याम्पस प्रमुख धनप्रसासद पण्डितसहित, सहायका प्रमुख, प्रशासन शाखा हेर्ने सीमा अर्याल, हाल निमित्त प्रमुख रहेका राजु मल्लसहित तलब खुवाउने लेखा प्रमुख प्रमुख केशव भट्टराईलाई कारबाही गर्नुपर्ने आयोगमा परेको उजुरीमा उल्लेख गरिएको छ ।
वेथितिका झन्डै १५ वटा बुँदा समेटेर उजुरी गरेको पाइएको छ । कर्मचारी नियुक्ति, आर्थिक अनियमितता, कार्यक्रम छनौटको वेथितिलगायत दर्जनौ मुद्दा देखिएको छ । बीएस्सी सिएसआईटी कार्यक्रम सञ्चालन गर्ने भनेर विना विज्ञापन र विना प्रतिस्पर्धा कोर्डिनेटर राखिएको र उसलाई मासिक रु. ५५ हजार तलब दिने भनेर त्रिविको नियमित शिक्षकभन्दा बाहिरको शिक्षकलाई नियुक्ति दिएर क्याम्पस प्रमुख पण्डितले आर्थिक अराजकता बढाएको पनि आरोप लागेको छ । त्यसो त, क्याम्सपमलाई क्वीयुएएमा लैजाने भनी लामो समयसम्म थप पारिश्रमिक खाने तर कामा भने कुनै पनि प्रगति नदेखाउने निर्देशकहरु प्राडा हरिप्रसाद पोखरेल र हालका खुमप्रसाद शर्मालाई पनि अनियमितताको मुद्दामा तानिनुपर्ने प्रश्न उठाइएको छ । उनीहरुले काम नगरी सेवासुविधा र तलबभत्ता लिएकोले उक्त तलबभत्ता फिर्तासहित कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, अग्नि पराजुलीले विद्यार्थीलाई मुस्ताङ र कर्णालीको रारामा लैजाँदा जाने विद्यार्थीभन्दा देखाउने संख्या धेरै बनाई थप विलबाट लाखौ रुपैयाँ अनियमिता गरेको पनि आरोप लगोको छ । त्यो समयको जिम्मा लिने ट्राभल्स एजेन्सीलाई कालो सूचीमा राख्ने र होटलमा बस्दा वुक गरेको संख्याभन्दा बढी संख्या राखी गतल विल दिने होटललाई समेत कारबाहीको दायरामा तान्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ । रारा भ्रमणमा जाँदा करिब ४० जना विद्यार्थी नगएको तर १२० जनाको विल बनाई आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।
त्यसैगरी, विएको भ्रमणमा धरान, धनकुटा, लैजाँदा पनि विद्यार्थीबाट ५ हजार उठाई क्याम्ससबाट समेत पैसा लाने र फर्जी खर्चको विल बनाउने काममा कैलाश उपे्रतीको संलग्नता रहेको आरोप लागेको छ । उनलाई यो अनियमिततामा राजु मल्ल पनि जोडिएको पद्मकन्या क्याम्पसमा चर्चा हुने गरेको छ । पराजुलीले नै बिविएम र विएचएम कार्यक्रममा दोहोरो संयोजक लिएर दुवैतिरका निर्णयमा संलग्न भई आर्थिक अनियमिततामा संलग्न भएको आरोप रहेको छ । सहायक क्याम्पस प्रमुख राजु मल्लले विपीएसजीको भत्ता र सुविधा एकैसाथ लिएको र उक्त गैरकानूनी सुविधा दिन लेखा प्रमुखको समेत संलग्नता रहेको आरोप लगाइएको छ । त्यसैगरी, क्याम्पसमा आफूले नपढाई रुटिनमा नाम राख्ने तर पढाउन अर्कोलाई खेताला शिक्षक राख्ने उपप्राध्यापक खुमप्रसाद शर्मामाथि अहिलेसम्म कारबाही नभएको पनि आरोप लागेको छ । शर्माको कक्षा जिलेसन शाहले लिने गरेका छन् ।
क्याम्पस प्रशासनले आवश्यक परेकालाई नराखी अनियमित तरिकाले छात्रावासमा विद्यार्थी राख्ने गरेको पनि आरोप उजुरीमा लगाईएको छ । क्याम्पसमा निःशुल्क छात्रवृत्ति दिँदा राजनीतिक पहुँचको आधारमा धनीलाई नै दिएको हुँदा उक्त कार्यको छानविन गरी कारबाही गर्न पनि आग्रह गरिएको छ । यता, कुनै पनि कर्मचारी राख्दा त्रिविको स्वीकृत लिनुपर्नेमा त्यसो नगरी क्याम्पसले कुन आधामा नियुक्ति दिएर तलवभत्ता दिएको हो भन्ने प्रश्न समेत उठाइएको छ । उजुरी अनुसार विभिन्न कार्यक्रमममा अनियमित तरिकाले आफन्तहरु साली, श्रीमती, गैरविषयसमेत पढाउने शिक्षकलाई दिएको आरोप लगाइएको छ ।



