🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोगबाट ठीक हुने बाहनामा धर्म परिवर्तन

मार्तडी, ७ चैत : बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् । 

जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु विस्तारै अपाङ्गता भएका हुन् । गिरीका तीनवटै छोराछोरी २८ वर्षीय दीर्घराज, २५ वर्षीय धर्मराज र २१ वर्षीया सम्झना बाल्यकाल पूरा नहुँदै अपाङ्गता भएका छन् ।

उनीहरुको आमा अमिनीले भनिन्, “जेठो छोरा १२ वर्षको उमेरमा, माइलो १४ वर्षको र कान्छी छोरी १४ वर्षको उमेरबाट हातखुट्टा नचल्ने, हिँड्न नसक्ने, लुलो हुने, बोल्न नसक्ने र कम सुन्ने रोगको शिकार भएका हुन् ।” 

अहिले उनको तीनवटै छोराछोरी हातखुट्टाले मात्र ख्रिसेर हिँड्ने गरेका छन् । शौचालयमा जाँदा पनि एकजनाले सहयोग गर्नुपरेको छ । उनका छोरा दीर्घ ७ कक्षा, धर्मराज ६ कक्षा र छोरी सम्झना १० कक्षा पास भएका छन् । अपाङ्गता नहुँदासम्म विद्यालयमा गएर पढे, पछि विस्तारै हातखुट्टा नचल्ने र लुलो हुँदै शारीरिकरुपमा अपाङ्ग भइसकेपछि सबैले विद्यालय छोडेको सम्झनाले बताइन् ।  

छोराछोरी अपाङ्गता भएपछि उपचार गर्नका लागि सबै जग्गा बिक्रीसमेत गर्यौँ, तर पनि उनीहरु ठीक नभएको बुबा भक्त गिरीको भनाइ छ । उनले भने, “कहाँ उपचार गराउँदा ठीक हुन्छ, कुनै जानकारी पनि भएन, जसले जहाँ लैजाउ भन्यो, उतै लियौँ, ठीक पनि भएन अब उपचार गर्ने आर्थिक हैसियत नै छैन ।” 

“छोराछोरीलाई ठीक होला भनेर धर्म कर्ममा पनि लाग्यौँ, तर कतै ठीक भएनन्”, उनले भने, “कसैले हिन्दू धर्म परिर्वतन गरेर क्रिश्चियन धर्म माने ठीक हुन्छ भन्यो, एक वर्षसम्म त क्रिश्चियन धर्मसमेत मानेको छर तर छोराछोरीको रोग निको हुन सकेको छैन ।” 

“क्रिश्चियन धर्मका पादरी लालबहादुर पुनले हप्ताको एकपटक कोल्टीस्थित चर्चमा बोलाउनुहुन्छ । चर्चमा आए बापत पैसा माग्यो, ठीक हुन्छ भन्यो, त्यसैको आशमा प्रत्येक हप्ता छोरीछोरी बोकेर चर्चमा पुर्याउने गरेका थिए तर चर्चमा पुर्याउँदा पनि ठीक नभएपछि अहिले पुनः हिन्दू धर्मतिर फर्केको छु”, भक्त गिरीले भने ।  

उनले भने, “एकातिर धर्म परिर्वतन गर्यौं, अर्को धर्म परिर्वतन गरेका कारण गाउँमा सम्बन्ध समेत बिग्रियो, न छोराछोरीलाई ठीक भयो न गाउँको सम्बन्ध राम्रो बन्यो ।” 

स्थानीय लक्ष्मण जोशीले भने, ''भक्त गिरीका तीनवटै छोराछोरी पढाइमा पनि राम्रै थिए । विस्तारै हुर्कंदै गर्दा अपाङ्गता भएपछि जिन्दगी नै अन्धकारमय भयो ।''  

धनगढी महेन्द्रनगरस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पटक/पटक लगे तर त्यहाँ ठीक हुन सकेन । “आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको उपचार हुन सकेन् । उपचार गराउँदा गराउँदा गिरीको सबै सम्पत्ति सिद्धिसक्यो, न उपचार भयो न त सम्पत्ति नै छ”, जोशीले भने । (रासस)