🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठेकेदारले धाेका दिंदा टीकापुरमा घण्टाघरका चारै घडी ठप्प

भजनी, ३१ असार (रासस): शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो । घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण काम लम्बियो । केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडीले भने समय दिन छाडेका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताउनुभयो ।

घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन् । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका इञ्जीनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लगाइने बताउनुभयो ।

रोयल प्रशंसा जेभीका सञ्चालक दीर्घराज जोशीले प्राविधिक कारणले घडी ठप्प भएको हुनसक्ने बताउनुभयो । “प्राविधिक समस्याका कारण त्यसो भएको हुनसक्छ”, उहाँले भन्नुभयो, “प्राविधिकलाई बोलाएर घडी चल्ने बनाउँछौँ ।”

निर्माण कम्पनीले चार घडी रु आठ लाखमा खरिद गरेको जोशीले जानकारी दिनुभयो । घण्टाघर निर्माणका लागि रोयल प्रशंसासित रु तीन करोड २६ लाख ४२ हजारमा सम्झौता भएको थियो ।
–––