🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट

काठमाडौं  । अपर सोलु हाइड्रोको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ । अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।