🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुगुमा फस्टाउँदै चौरी पालन  

मुगु । मुगुको पूर्वी भेगकाे मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लाे समय चौंरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेकाे चाैरी पालनमा अहिले भने स्थानीयले रूची देखाउँन थालेका छन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौंरी पालन फस्टाउदै गएको हो ।

मुगमकामारोङ्ग गाँउपालिका-५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौरी पालन व्यवसाय सञ्चालमा सहयाेग गरिरहेकाे छ । 

चौरीपालनबाट स्थानीयकाे आयआर्जन मात्रै बढेकाे छैन्, दूध, उन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयाेग पुगेकाे छ । चौंरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएकाे हाे । 

अहिले यस फर्ममा ४३ वटा चौरी छन् । चौरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार नाै महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ । बेँसीमा भने चौंरीलाई औंल लाग्ने उनले बताए । लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।