🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत 

ललितपुर ।  ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका–५ घर भएका ३५ वर्षीय इलिभास मिया रहेका छन् । 

उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो डेरा कोठामा लगी आइतबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।