🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने

 

काठमाडौं, २३ असार : हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर पाउने भएको छ । इन्भेस्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ । राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो ।

मर्जरका लागि भएको प्रारम्भिक सहमतिअनुसार नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन् । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने भएका छन् । 
 

न्युज कारखाना