🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भैरहवा भन्सारको कर्तुत : एउटै प्रज्ञापनपत्र दुई वटा गाडी छुटे

     २९ साउन, भैरहवा । रुपन्देहीको भैरहवा भन्सार कार्यालयले एउटै प्रज्ञापन पत्रबाट एक भन्दा बढी मालवाहक सावरी साधन विना राजश्व छाड्ने गरेको तथ्य फेला परेको छ । कार्यालयबाट कर्मचारीकै मिलोमतोमा एउटै प्रज्ञापन पत्रबाट दुई वटा गाडी छाड्ने गरेको तथ्य फेला परेको हो ।
यस्तो छ भन्सारको कर्तुत
      साउन २६ गते ना ६ ख ५६३५ नम्बरको ट्रकमा रेक्जिन, पर्दा र सोफाको कपडा लोड गरिएको ट्रक भारतबाट भैरहवा भन्सार कार्यालयमा भित्रियो । उक्त ट्रकमा लोड गरिएको सामग्रीमा लाग्ने दस्तुर असुल गरी भैरहवा भन्सार कार्यालयले पठाइदियो । उक्त ट्रकमा रहेको साम्रगीलाई कार्यालयले २ वटा प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ मार्फत पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजश्व असुल गरेर पठायो ।
                      \"\"

     माँ मनकामना ईन्टरनेशनल नामक कम्पनीले आयात गरेको उक्त कपडा दाहाल कमिशन एजेण्ट मार्फत भन्सार भएको थियो । यी दुवै प्रज्ञापन पत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७ हजार ७ सय ६१ रुपैया र ३ लाख ६२ हजार ९ सय ४३ रुपैया भन्सार राजश्व समेत असुल गरेको छ । त्यसपछि सोही दिन साउन २६ गते साँझ करीब ६ बजे प्रज्ञापन पत्र अनुसार सोही परिणाम बराबर पर्दा कपडा र सोफा कपडा लोड रहेको अर्को ना ४ ख ४१२६ नम्बरको ट्रक भैरहवा भन्सार कार्यालयमा भित्रियो ।
     स्रोतका अनुसार भन्सार अधिकृत मनबहादुर विश्वकर्माले उक्त ट्रकमा रहेको सामग्री चेकजाँच नै नगरी हचुवाको भरमा प्रज्ञापन पत्रमा सबै ठिक रहेको भन्दै सही धस्काए । तर सही धस्काएको प्रज्ञापन पत्रको नम्बर भने उही थियो एम ५६७९७ र एम ५६७८७ । जुन ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको साम्रगी भैरहवा भन्सार कार्यालयले भन्सार गरेर पठाइसकेको थियो । एउटै प्रज्ञापन पत्रमा दुई पटक साम्रगी पठाउन पाइदैन । दुवै प्रज्ञापन पत्रमा सबै विषय एउटै उल्लेख रहेपनि गाडी नम्बर मात्र फरक रहेको छ । 
                         \"\"

     अधिकृत विश्वकर्माले सही धस्काएपछि साउन २६ गते राती साढे ८ बजे उक्त ट्रक भन्सार प्रांगणबाट निस्किए लग्त्तै कर्मचारी मधु खनालले केही शंकास्पद लागेपछि उनले ती ट्रकलाई नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालयमा राखे । उक्त ट्रक अहिले भन्सार कार्यालय प्रागंणमा छ । दुवै ट्रकलाई एउटै प्रज्ञापन पत्रबाट भन्सार कार्यालयले छुट दिदाँ यसमा कर्मचारीको मिलोमतो रहेको र लाखौँ रकम घोटाला गरेको पुष्टि हन्छ । 
     ना ६ ख ५६३५ नम्बरमा ट्रकमा रहेको साम्रगीको २ वटा प्रज्ञापन पत्रबाट भन्सार गरेको भैरहवा भन्सार कार्यालयले कम्पुयटरमा इन्ट्री भएको देखिएपनि ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको साम्रगी इन्ट्री भएको कम्पुयटन देखिएको छैन । जुन कर्मचारीले ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको साम्रगीमा लाग्ने राजश्व खुल्ला रुपमा भ्रष्टाचार गरेको देखियो भैरहवा भन्सार कार्यालयका एक कर्मचारीले भने ।
     एउटै नम्बरको प्रज्ञापन पत्रमा दुई पटक सबै ठीक रहेको भन्दै सही धस्काउने विश्वकर्मा भन्छन् ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको साम्रगी चेकजाँच गरेर सबै ठिक छ भनी मैले आफै प्रज्ञापन पत्रमा सही गरेको हु तर ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको साम्रगीको प्रज्ञापन पत्रमा मेरो सही कहाँ बाट आयो मलाई जानकारी छैन । यता भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले एउटै प्रज्ञापन पत्रबाट दुई वटा गाडीको भन्सार नहुने भन्दै यस विषयमा अनुसन्धान हुने बताए ।
      ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको साम्रगी नारायणघाटका राजु थापा नामक व्यक्तिको रहेको जसले कर्मचारीको मिलोमतोमा विगत देखि नै यस्तो कार्य गर्दै आएको स्रोतको दावी छ । माँ मनकामाना ईन्टरनेशनल नामक कम्पनी राजु थापको ’स्टाफ‘ राजन तिमिल्सीना को नाममा दर्ता छ । उक्त साम्रगीको भन्सार दाहाल कमिसन एजेण्ट (लाइनसेन्स नम्बर ४७५) का जगतराज दाहाल गराएका थिए । दाहाल भन्सार विभागबाट अवकास प्राप्त कर्मचारी हुन ।