🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान सेनापतिद्वारा NDU तथा NWC को भ्रमण तथा यूएस आर्मीका जर्नेलहरूसँग भेटघाट

काठमाडाैं । २०७९ असार १३ गते (तद्अनुसार 27 June, 2022) बाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी  प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले २०७९ असार १५ (तद्अनुसार 29 June, 2022) गते  U.S. Army Fort Lesley J. McNair, Washington, D.C. स्थित National Defense University (NDU) को भ्रमण गरेका छन् ।

\"\"
  \"\"

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माबाट National War College (NWC) का कमाण्डाण्ट Brigadier General Jeff Hurlbert सँग भेटघाट गरिएको थियो । तत्पश्चात प्रधान सेनापति महारथी शर्माले, NWC, Dwight D, Eisenhower School for National Security and Resource Strategy र Near East South Asia center for strategic studies का पदाधिकारीहरुबाट शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी हासिल गरेकाे नेपाली सेनाले बताएकाे छ ।

  भ्रमणकै दौरान, प्रधान सेनापति महारथी  प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले  २०७९ असार १४ (तद्अनुसार 28 June, 2022) गते Carlisle, Pennsylvania स्थित United States Army War College (AWC) र United States Army Heritage and Education Center (USAHEC) को भ्रमण गरेका थिए ।

सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले United States AWC का कमाण्डाण्ट Major General David C. Hill सँग भेटघाट गर्नुका साथै सो कलेजको शैक्षिक तथा विविध पक्षका बारेमा जानकारी हासिल गरेकाे सेनाले बताएकाे छ ।

नेपाली सेनाका अनुसार, उक्त कलेजबाट हालसम्म १६ (सोह्र) जना नेपाली सेनाका अधिकृतहरु दीक्षित भईसकेका छन् भने १ (एक) जना महा सेनानी तालिमरत रहेका छन् ।