🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने

 

काठमाडौं, १६ असार : अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएकाे छ ।  

एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी  बिहीबार बंगलादेशकाे राजधानी ढाका प्रस्थान गर्दैछन् । 

६ असारमा  सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्ष पदमा पराजित भएका थिए । पराजित भए पनि जोशीलाई साफ उपाध्यक्षमा नाम पठाउने एन्फाले निर्णय गरेको थियो । 

यसअघि अघिल्लो कार्यसमितिले तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा पठाएको थियो । 

न्युज कारखाना