🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्यालय गएका छात्र खोलामा मृत फेला

खोटाङ।खोटाङमा विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन् । गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्र आइतबार खोलाको सानो दहमा मृत फेला परेको स्थानीय राजन भट्टराईले बताए ।

छात्र कालिका माबिमा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी भइरहेको थियो । धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । पोष्टमार्टमका लागि शव आइतबार साँझ जिल्ला अस्पताल पुर्‍याइएको छ ।

बाटोमा पर्ने खोलामा वारपार गर्न काठे पुल लगाइएको छ । सोही काठेपुलभन्दा माथिको सानो दहमा छात्रको नांगो शव फेला परेको हो । उनको लुगा फुकालेर खोला किनारमा राखेको पाइएको छ । सो दहमा केटाकेटी पौडी खेल्ने गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।