🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका मन्त्रीले देलान् त राजीनामा ?

काठमाडौं । पर्यटन मन्त्रीबाट प्रेम आलेले राजीनामा गरेपछि एकीकृत समाजवादीका मन्त्री हेरफेर गर्ने बाटो खुलेको छ । तर, पर्यटन मन्त्रीबाट राजीनामा गरेर संघीय सरकारमा मन्त्री हेरफेरको बाटो खुलेसँगै गण्डकी, लुम्बिनी र बाग्मती प्रदेश सरकारको नेतृत्व पनि ६ महिने सहमति अनुसार परिवर्तन हुनुपर्छ भन्ने विवाद बढ्न थालेको छ ।

गण्डकी प्रदेशमा कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले सरकारको नेतृत्व गर्दा ६ महिनापछि नेतृत्व माओवादी केन्द्रलाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले आमनिर्वाचन पछि आफू प्रधानमन्त्री हुने दाबी गरेपछि प्रधानमन्त्री देउवाको उक्त योजनामा धक्का लाग्न पुगेको हो र अहिले बालुवाटारमा हल्लीखल्लीसमेत उत्पन्न भएको छ ।

    यसैगरी लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि माओवादी सांसद कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन हुँदा ६ महिनापछि कांग्रेस सांसद वीरेन्द्र कनौडियालाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो ।

बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमाले सरकारलाई विस्थापित गरेर गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा ६ महिना पछि कांग्रेस सांसद इन्द्र बानियाँलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो ।

   अहिले एकीकृत समाजवादीको प्रस्तावअनुसार संघीय सरकार परिवर्तन हुने गृहकार्य भइरहँदा सहमति अनुसार प्रदेश सरकारहरुको नेतृत्व परिवर्तन हुने एजेण्डाले पाँचदलीय गठबन्धनमा प्रवेश पाएको छ ।

यसैगरी एक नम्बर प्रदेशमा भीम आचार्य नेतृत्वको सरकारलाई विस्थापित गरेर राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुँदा पनि गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई ६ महिना पछि नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो ।

  एकीकृत समाजवादी गत वर्षको भदौमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा समावेश हुँदा ६ महिनामा आफ्नो पार्टी तर्फका मन्त्री हेरफेर गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार अहिले एकीकृत समाजवादीले गरेको निर्णयअनुसार सरकारमा सामेल भएका चार जना मन्त्री हेरफेर गर्ने कसरत भइराखेको छ ।

   पर्यटनमन्त्रीबाट प्रेम आलेले राजीनामा गरेपछि एकीकृत समाजवादीले गरेको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने अवस्था बन्न पुगेको छ । तर, यही समयमाा ६ महिने हदम्याद दिएर गण्डकी, लुम्बिनी, बाग्मती र एक नम्बर प्रदेशमा भएको मन्त्रिपरिषद्लाई लिएर नेतृत्वको मामिलामा सहमतिअनुसार नेतृत्व परिवर्तन हुनुपर्ने भनेर गठबन्धन भित्र नै विवाद हुन थालेपछि त्यसको असर संघीय सरकार पुनर्गठनमा समेत पर्नसक्ने स्थिति बनेको छ ।

    यसैगरी गठबन्धनको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आमनिर्वाचनपछि आफु प्रधानमन्त्री हुने दाबी गरेपछि बालुवाटारमा हल्लीखल्लीको स्थिति बन्न पुगेको छ । किनभने प्रधानमन्त्री देउवा गठबन्धनमार्फत नै चुनावी मैदानमा उत्रिएर आगामी आमनिर्वाचन पछि पनि आफैंले सरकारको नेतृत्वको गर्ने योजनाका साथ यो गठबन्धनलाई आमनिर्वाचनसम्म जसरी पनि टिकाउने कसरत गरिराखेको अवस्था थियाे ।

तर, माओवादी अध्यक्ष प्रचण्डले आमनिर्वाचन पछि आफू प्रधानमन्त्री हुने दाबी गरेपछि प्रधानमन्त्री देउवाको उक्त योजनामा धक्का लाग्न पुगेको हो र अहिले बालुवाटारमा हल्लीखल्लीसमेत उत्पन्न भएको हो ।