🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धन गर्ने

भक्तपुर । भक्तपुर नगरपालिकाले पुरानो सहरको मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धनको नीति लिएको छ । बुधबारदेखि सुरू भएको  १२औँ  नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको सौदर्यता अभिवृद्धि गर्न यस्तो नीति लिएको बताए । नगरसभामा आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसका लागि घरधनी र पसल धनीहरूसँंग समन्वय गर्ने बताए । 

नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए । त्यस अवसरमा उनले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गरे ।

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताए । उनले नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको दाबी पनि गरे । 

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेल, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले नगरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।