🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकाे गेट नजिक शंकास्पद वस्तु फेला

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।

खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हाे भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएकाे छ । 

नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । सशस्त्र माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयवासीकाे आश‌ंका छ ।