🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कसैको क्यारिकेचर गर्नु सजिलो कुरा होइन

पिता पुष्पबहादुर काफ्ले  र आमा दिलकुमारी काफ्लेको कोखबाट पहिलो सन्तानको रुपमा २०४८ साल असार २९ गते सिन्धुली तिनपाटनमा  जन्मेका हुन् दिनेश काफ्ले । बाल्यकाल गाउँमै बिताएका काफ्ले बाल्यकाल देखिनै हास्यव्यंग्य क्षेत्रमा रुचि राख्थे ।  सिन्धुली बहुमुखी क्याम्पसबाट स्नातक गरेका काफ्लेले  शहर आएपछि सुरुमा रेडियो अडियोमा कार्यक्रम चलाउने अवसर पाएका थिए । यिनै काफ्ले अहिले नेपालमा सबै भन्दा धेरै व्यक्तिको आवाज नक्कल गर्न सक्ने नेपाली कलाकार भनेर चिनिन्छन यसै सन्दर्भमा संचारकर्मी राम तामाङले गरेको कुराकानी

आजकाल  के मा ब्यस्त हुनुहुन्छ दिनेश जी ?
 पहिलेको तुलनामा अलि व्यस्तै छु भन्नुप¥यो आज भोलि । जुन मैले १०० जना भन्दा धेरै व्यक्तिको आवाज नक्कल गर्न थालेपछि दर्शक हरुमा अलि चिनिन पुगेको छ त्यहि कारणले अलि ब्यस्त नै छु । 

\"\"कति भयो यो पेशामा लाग्नु भएको ?
मैले यो क्षेत्रलाई अंगालेको २०६८ साल देखि हो मैले सुरुमा रेडियो अडियो मा कार्यक्रम चलाएको थियो त्यही बाट नै मेरो हास्य व्यंग्य छेत्रमा सक्रियता भएको हो । त्यो बेला मैले नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटक पनि सिकिरहेको थियो सुरुमा सडक नाटक हरु हुदै आज यो स्थान सम्म आइपुगेको छु ।

हास्य व्यंग्य क्षेत्रलाई नै किन रोज्नु भयो त ?
 मलाई अरु अन्य विधा भन्दा हास्य व्यंग्य नै सानै उमेर देखि मनपथ्र्याे गाउँमा भएको कार्यक्रमहरुमा अरुको आवाज नक्कल गरेर हसाउने गर्थे । सानै बेला देखि मेरो सपना नै हास्य व्यंग्य क्षेत्रमा जम्नु थियो । 

अरुको क्यारिकेचर गर्दा कतिको कसरत गर्नुपर्दो रहेछ त ?
मलाई लाग्छ कला विधामा अरुको क्यारिकेचर गरेर हसाउनु जतिको कठिन कुरा केही हँुदैन । दर्शकलाई हसाउन सके मात्र दर्शकहरु आफ्नो कार्यक्रमप्रति आकर्षित हुन्छन । अर्काको क्यारिकेचर गर्न सजिलो छैन । कसैको आवाजको नक्कल गर्न धेरै अनुसन्धान र अभ्यास गर्नुपर्छ । ‘कैयौं दिन लगाएर कसैको आवाज नक्कल गर्न सिक्यो ‘अर्को ब्यक्तिको नक्कल गर्न सिक्न थालेपछि पहिले सिकेको विर्सन्छ ।

अहिले सम्म कुन कुन व्यक्तिको क्यारिकेचर गर्नु भैसकेको छ ?
अहिले मैले  नेताहरु केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, शुशील कोइराला, रामचन्द्र पौडेल, मोहन बैद्य, गगन थापा, कलाकारहरु मदनकृष्ण, हरिवंश, शिवहरि पौडेल, सिताराम कट्टेल, किरण केसीलगायत १ सयभन्दा बढी ब्यक्तिको क्यारिकेचर गरिसकेको छ । मैले नेपालमै पहिलो पटक केटाकेटीहरु माझ चर्चित भारतीय कार्टुन मोटु पत्लुका पात्रहरुको क्यारिकेचर गरेको छु । अब विभिन्न देशका सेलिबे्रटीहरुको क्यारिकेचर गर्न अभ्यास गरिरहेका छु । त्यसमा पनि सफलता पाएमा पक्कै मेरो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा हुनेछ । 

यस क्षेत्रमा कसलाई गूरु मान्नु हुन्छ ?
म सबै अग्रज दाइहरुलाई संम्मान गर्छु सबैले मलाई साथ दिनु भएको छ । यस हास्य व्यंग्य छेत्रमा म केदार घिमेरे माग्ने बुढालाई गुरु मान्छु किनकि उहाको साथले गर्दा आज म स्थानमा छु । 
आम्दानी कतिको छ ?
२०६८ साल देखि यहि पेशाले जीबन यापन गरिरहेको छु । अब बाचुन्जेल यहि पेशामै निरन्तर लागिरहने छु । पहिलेको तुलनामा अहिले आम्दानी पनि राम्रै भैरहेको छ । अहिले सामाजिक संजालहरुमा पनि राम्रै फ्लोवरहरु हुनुहुन्छ कम समयमै आफुले दर्शकबाट धेरै माया पाएको छ दर्शकको माया पाउनु नै मेरो सबै भन्दा ठुलो आम्दानी हो ।

दर्शकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
कलाकारको लागि दर्शक हरुनै सबै भन्दा ठुलो भगवान हो । उहाँहरुको मायाले त हामी अहिले सम्म टिकिरहेको छ बास्तबमा कलाकारिता क्षेत्र एकदमै कठिन क्षेत्र हो । भोलिका दिन हरुमा पनि मेरो प्रतिभा हरु यहाँ हरु सामु प्रस्तुत गर्दै जाने छु हजुर हरुको यो प्यारो दिनेश काफ्लेलाई सधै भरि माया गरिदिनु होला ।