🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिला टी २० च्याम्पियनसीप : नेपालको दोस्रो जित

काठमाडौं, ४ असार : सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो ।

कुवतेका लागि प्रियदा मुरालीले ४० बल खेलेर ३१ सर्वाधिक ३१ रन जोडिन् । यस्तै, मरियम्मा हेदरले १६ तथा कप्तान अम्ना तारिकले १४ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सीताले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । यस्तै, संगीता राई, इन्दु बर्मा र अस्मिना कर्माचार्यले एक एक विकेट लिए ।

पहिलो इनिङ्समा नेपालका लागि कप्तान रुवीना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु बर्माले ३३ बल खेलेर २८ रन जोडेकी थिइन् । यस्तै, ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए ।

न्युज कारखाना