🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बजेट पास हुनासाथ नयाँ मन्त्रीहरूकाे सपथ : निर्वाचन घाेषणाकाे तयारी

 
काठमाडाैं । सरकार ढिलोमा २०७९ असार ३ गते (भोलि)सम्ममा बजेट पास गर्ने तयारीमा जुुटेको छ । असार १ गते बुधवारसम्म बजेट पास गरेर असार २ गते बिहीवार एकीकृत समाजवादीका प्रस्तावित मन्त्रीहरुलाई सपथ गराउने तयारी भएको थियो । तर, जेठ  २९  गते आईतवार र ३० गते सोमवार  सांसदहरुले रासयनिक मल र अमेरिकाको सैन्य गठबन्धनको प्रस्तावित सन्दर्भ उठाएपछि बजेटमाथिको छलफल धकेलिएको थियो ।

  रासायनिक मलको विषयमा एमालेले स्थगन प्रस्ताव नै दर्ता गरेको थियो । त्यसैले केही दिन लम्बिएको बजेटमाथिको छलफल आज असार २ गते टुंगो लगाउने प्रयास भइरहेको  छ । उच्चस्तरीय राजनीतिक स्रोतका अनुसार बजेट पास भएलगत्तै एकीकृत समाजवादीका  नयाँ  मन्त्रीले सपथले लिने र संसद बन्द गर्ने तयारी भइरहेको छ ।

   त्यसैकारण एकीकृत समाजवादीको स्थायी कमिटीको  निर्णय पनि बजेट सकिएलगत्तै मन्त्री फेरिने भनेर गरिएको थियो ।  मन्त्री फेरिने भएपछि मन्त्रीहरुले मन्त्रिपरिषद् बैठकमा एस का मन्त्रीहरूले अनेकन प्रस्ताव लैजान थालेका  छन् । स्रोतका अनुसार, २०७९ जेठ ३१ गते मंगलवारको मन्त्रिपरिषद बैठकका सबैभन्दा धेरै प्रस्ताव पर्यटन मन्त्री प्रेम आलेले लगेका थिए ।

 नेपाल पर्यटन बोर्ड सदस्य, तारागाउँ विकास समितिको अध्यक्ष र सदस्यसचिव, नेपाल बायुसेवा निगममा अध्यक्ष र एमडीलगायत नियुक्तिहरुको सूची पनि लामो थियो । तर, ती बर्खास्तगी र नियुक्ति के भयो भन्ने चाहिं प्रष्ट भएको छैन ।

स्रोतका अनुसार अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले ल्याउने सबै प्रस्ताव पारित नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेका कारणले धेरै निर्णय भने रोकिएको खबर छ।

संसद बन्द गरेर सत्ता गठबन्धनका दलहरु चुनाव घोषणा गर्ने तयारीमा लागेका छन् । स्रोतका अनुसार सत्ता गठबन्धनबीच त्यही सहमति भएका कारणले निर्वाचन आयोगले पनि तयारीको काम थालेको हो । आयोगले मंसिर पहिलो साता चुनाव गराउने गरी तयारी सुरु गरेको छ ।

आयोगले असार १ गते देखि मतदाता नामावली संकलनको काम पनि सुरु गरेको छ । स्रोतका अनुसार आयोगले एक चरण निर्वाचनको मिति सरकारलाई प्रस्ताव पनि गरिसकेको  छ । सरकारले मितिको विषयमा प्रष्ट नभने पनि तयारीमा जुट्न भने भनिएको छ ।

२०७९ मंसिर २२ गते संसदको आयु सकिने भएकोले सरकार र आयोग मंसिरको पहिलो साता नै निर्वाचन गर्ने तयारीमा लागेका हुन् । आयोग अहिलेको संघीय चुनाव दुई चरणमा गर्नुपर्ने बताइरहेको छ । उसले केही साता अघि प्रस्ताव गरेको मिति पनि दुई चरणमा गर्ने भन्ने थियो ।