🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समृद्धि फाइनान्सको पौने ८ लाख कित्ता सेयर बुधबारदेखि लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भोलि १ असार बुधबारदेखि सात लाख ७२ हजार ६६६ कित्ता शेयर सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । 

यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र काठमाडांैको नक्सालस्थित बीओके क्यापिटल मार्केट, समृद्धि फइनान्सको केन्द्री कार्यालय हेटौँडा, शाखा कार्यालयहरु काठमाण्डौ, नारायणगढ, पोखरा र बुटवल तथा बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ ।

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन । बोलपत्र ९ असारमा बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।