🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब अमेरिका जाने हवाई यात्रुले कोभिड परीक्षण गरेको प्रमाण देखाउनु नपर्ने

न्युयोर्क।अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो । 

यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्यांकन गर्नेछ । प्रशासनले भन्यो कि यो नियम पुनर्मुल्यांकन गर्ने भएका छ । तर, नयाँ भेरियन्ट देखिएमा र तत्काल पुरानो नीति अबलम्बन गर्न सकिने पनि केन्द्रले संकेत गरेको छ । अधिकांश गैर–अमेरिकी नागरिकहरूले अझै पनि देशमा यात्रा गर्न खोप लगाउनु पर्छ 

जवनरीदेखि अमेरिकामा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको थियो । यद्यपि, पछिल्ला दिनमा फेरि संक्रमण देखिन थालेको छ ।  अमेरिका कोभिड परीक्षण नीतिहरूको पुनःमुल्यांकनमा अन्य देशभन्दा पछाडि परेको त्यहाँको पर्यटन क्षेत्रको गुनासो छ ।