🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रसायनिक भन्डारमा भएको विस्फोटमा डिपो सञ्चालक दोषी

ढाका । बंगलादेशका अधिकारीहरूले रसायनिक भन्डारमा भएको विस्फोटमा डिपो सञ्चालक दोषी रहेको बताएका छन् । सञ्चालकले रसायनिक पदार्थबारे अग्नि नियन्त्रकलाई जानकारी नगराएको आरोप लगाएका हुन् । 

सीताकुण्डको बीएम कन्टेनर डिपोमा आगलागीको केही समयपछि ठूला विस्फोट भएका थिए । विस्फोटका कारण अग्नि नियन्त्रक सेवाका ९ जनासहित ४९ जनाको मृत्यु भएको थियो । आगो लागेपछि डिपोभित्रका रसायनिक पदार्थ विस्फोट भएको थियो । विस्फोटको ३६ घन्टापछि धुँवाको मुस्लो फैलिएको थियो । 

आगलागीमा तीन सय घाइते भएका छन् । घाइतेमध्ये एक दर्जनको अवस्था गम्भीर छ । ‘त्यहाँ घातक केमिकल रहेको डिपो प्राधिकरणले हामीलाई जानकारी दिएन । हाम्रा नौ अधिकारीहरू मारिएका छन् । दुई जना अझै हराइरहेका छन् । धेरै व्यक्तिहरू पनि हराइरहेका छन्’, दमकल विभागका अधिकारी मोहम्मद कमरुज्जमानले भने ।