🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज समाप्त हुँदै ‘सी’ डिभिजन लिग

काठमाडौं, २० जेठ : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा  शहीद स्मारक ‘सी’ डिभिजन लिग आज जेठ २० गते  शुक्रबार समापन हुँदैछ । 

लिगको ९१औं खेलमा झापा फुटबल क्लब र स्वयम्भू क्लबबीचको प्रतिस्पर्धासँगै यस सिजन २०७८/७९ लिग समाप्त हुनेछ । 

३१ अंक साथ लिगको शीर्षस्थानमा रहँदै झापा दोस्रो डिभिजनमा बढुवा भइसकेको छ । यस्तै एक खेल बाँकी रहँदै पुछारमा रहेर वीरगंज युथ एकेडेमी र ओसिस क्लब रेलिगेशनमा परेका छन् । 

शीर्ष दुईमा रहेर सहिद स्मारक ‘बी’ डिभिजनमा लिगमा बढुवा हुने टोलीको भने अन्तिम दिन नै टुंगो लाग्नेछ । 

जसको लागि दोस्रो स्थानको प्लानिङ व्बाइज युनाईटेड र तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई अवसर छ । दुबैको समान २८ अंक छ । 

आजको खेलमा प्लानिङ ब्वाइजले जित निकाले स्वतः बढुवा हुनेछ । यदि प्लानिङ बराबरीमा रोकिए या हार बेहोरेमा आरसी ३२ लाई माथिल्लो डिभिजनमा उक्लने अवसर रहने छ । तर त्यसका लागि आरसी ३२ ले अनिवार्य जित्नुपर्नेछ । 

आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल साठे १२ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ । ओसिस र प्लानिङ सोहि समयमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन् । 

झापा र स्वयम्भूबीचको खेल साठे ३ बजे एन्फा कम्प्लेक्समै हुनेछ । यस पछि पुरस्कार वितरण समारोह रहनेछ । 

न्युज कारखाना