🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्रका हाकिमको संरक्षणमा तस्करी चम्किदै

रौतहट । अर्थमन्त्री डा. युवराज खतिवडा लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेपछि चिन्तित छन् । तर सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी नै तस्करहरुबाट लाभ लिएर भन्सारछली गरी सामान भित्र्याउन छुट दिइरहेको छ । भारतीय सीमा क्षेत्रबाट भन्सार र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको छ । सरकारले चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई मुख्य जिम्मेवारी दिएको छ । यसैक्रममा दोस्रोपटक सीमा सुरक्षा कार्यालय रौतहटको प्रमुखमा सरुवा भएका एसपी प्रेम पोखरेलले जिल्लाका प्रत्येक नाकाबाट घुमुवा परिचालन गरी घुस असुली गर्दैआएका छन् ।  

एउटै व्यक्तिलाई एउटै दर्जामा दोस्रो पटक उक्त रौतहटको सिसुका प्रमुख बनाएर सशस्त्रले घुस असुल्नकै लागि पठाएको टिप्पणी हुने गरेको छ । नेपाल प्रहरीका एसपी यज्ञविनोद पोखरेल र सशस्त्रका प्रेम पोखरेलको सेटिङका कारण अहिले रौतहटका नाका तस्करहरूको उर्बर भूमि बनेका छन् । प्रहरी तर्फका एसपी यज्ञविनोद पोखरेलले लामो समयदेखि बदनाम भइरहेका सई रुद्र कँडेल, हवल्दार प्रमोद सिंह र सिपाही राजमंगल सिंहलाई घुमुवाका रूपमा परिचालन गरेका छन् ।

सशस्त्रका एसपी प्रेम पोखरेलले रामविश्वास यादव, उमेश सिंह र आत्माराम पटेललाई घुमुवा राखेका छन् । बीचमा धेरै नै गुनासो आएपछि गण, पोखरा, बुटवलमा पठाइएका ती घुमुवालाई १५ दिनअघि आइजीपी सिंहबहादुर श्रेष्ठ(अवकाश)लाई भनेर पुनः एसपी पोखरेलले रौतहटमा लगेर घुस असुलीमा लगाइसकेका छन् ।

आइजीपी श्रेष्ठले अवकाश हुने बेलामा एसपी पोखरेलले भनेअनुसार उनीहरुको सरुवा गरिदिएका छन् । उनी एसपी बढुवा हुनासाथ पनि यिनै घुमुवा राखी घुस असुली गरी कूस्त सम्पत्ति आर्जन गरेका थिए । एसपी भएपछि पदस्थापन रौतहट भएका एसपी पोखरेल त्यसपछि नवलपरासी सिसुका, तेस्रो सरुवा पाथीभरा गण र चौथो पटक पुनः रौतहटमै सिसुका प्रमुखका रुपमा सरुवा भएका हुन् । पोखरेल सशस्त्रमा सिसुका र गणमा मात्र सरुवा हुन पाउने भाग्यमानी एसपी हुन् ।  

एसपी पोखरेलले रौतहटको बंकुल, रामपुरखाप, लक्ष्मीपुर नाकामा घुमुवा परिचालन गरी तस्करीको लाइन चलाउने गरेका छन् । सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीका दर्जनौं चौकी पार गर्दै रेडिमेड कपडा, मोटरपार्टस्, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका वस्तुहरू भारतीय बजारबाट नेपाली बजारसम्म भन्सार नतिरी निर्वाध रुपमा आउने गरेका छन् । भारतीय बजारको सामान बंकुल भएर दिपहीसम्म पुग्दा बाटोमा पर्ने दर्जनौ प्रहरी यूनिट भएर आउनुपर्छ । तर तस्करहरुसंग हार्दिक सम्बन्ध भएकाले प्रहरी र सशस्त्रले देखेको नदेख्यै गर्दैआएका छन् ।