🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता

अछाम । अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानलसहित उम्मेदवारी दर्ता भएको छ ।  जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताए । मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हो । 

दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको एमालेले गठबन्धनविरुद्ध प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेका तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलको उम्मेदवारी दर्ता भएको छ । यसैगरी सदस्यमा भूपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बिक, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेको एमाले जिल्ला सचिव भीमबहादुर रावलले जानकारी दिए । 

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक सदस्य पाएका छन् ।