🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

सान्टियागो ।  एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए ।

रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । ठूलाे फेदका कारण वैज्ञानिकहरूले रुखको वास्तविक उमेर निर्धारण गर्न नसेकेको बताइएको छ ।

एलर्स मिलेनारियोसमेत भनिने सो रुखलाई प्याटागोनियन साइप्रस भनिएको छ । यसअघि क्यालिफोर्नियाको एउटा सल्लालाई अहिलेसम्मकै पुरानो रुख बताइएको थियो । सो रुख ४ हजार ८५३ वर्ष पुरानो मानिन्छ ।

चिलीका पूर्ववातावरणमन्त्री तथा हाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका सदस्य माइसा रोजासले रुख फेला परेको विषयलाई ‘अद्भुत वैज्ञानिक खोज’ भन्दै त्यसको प्रशंसा गरेका छन् ।