🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्छः डब्लूएचओ

 

न्युयोर्क, १९ जेठ : विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ ।

१२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको जनाएको थियो ।

 डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन् ‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रोभन्दा पनि झन बिग्रिएको छ ।’ विश्वबाटै एक्लिएको अधिनाकयबादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए । 

उत्तरले यसअघि ‘ज्वरो’ बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड संक्रमण देखिएको तर उसको आधिकारिक विवरणमा संक्रमणलाई ज्वारो भनिएको पनि डब्लूएचओले जनाएको छ । 

एजेन्सी