🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री झाक्रीले किन ताकिन काठमाडाैंकाे नम्बर एक ?

काठमाडौं । शहरी विकास मन्त्रालयको जिम्मा पाएकी रामकुमारी झाँक्री पछिल्ला दिनमा चुनावी चर्चामा कम देखिएकी छिन् ।

अघिल्लो चुनावमा एमालेभित्र चुनाव परिचालन कमिटीमा रहेर काम गरेकी झाँक्री अहिले मन्त्री भएकै कारणले कमिटी बस्न पाइनन् ।

र, चुनावी प्रचार अभियानमा कम नै देखिइन् । त्यसो त, शहरी विकास मन्त्रालयमा पनि खासै गतिलो काम भने गर्न सकेकी छैनन ।

त्यसकारण अध्यक्ष माधव नेपाल पनि खुसी देखिएका छैनन् । अपेक्षा अनुसार काम नभएको भनेर पार्टीभित्र चर्चा पनि हुन थालेको छ, जति बाहिर चर्चा भइरहेको छ ।       

  यद्यपि, अरु मन्त्रीहरुले झै धेरै विगार चाहिं नगरेको बताइएको छ । अहिले स्थानीय तहमा उनीहरुले अपेक्षा गरेअनुसारको परिणाम ननिकालेको भनेर नेकपा एकीकृत समाजवादीभित्र आक्रोश पैदा भइरहेका बेला झाँक्री भने अहिलेको परिणामसँग सन्तुष्ट नै देखिन्छिन् । उनले अहिलेको परिणामलाई नट ब्याड भन्ने गरेकी छिन् ।

जबकि उपमासचिव विजय पौडेल, जगन्नाथ खतिवडामात्र होइन नेता झलनाथ खनाल पनि धोका पाएको बताइरहेका छन् । तर, झाँक्रीको बुझाइ चाहिं कांग्रेस र माओवादीको साथ लागेकै कारण अहिलेको परिणाम आएको बताइरहेकी छिन् ।

अहिलेसम्म उसले जितेको १९ पालिकामध्ये ३ वटा पालिकामात्रै एकीकृत समाजवादी पार्टीको एकल प्रयासले जितेको हो । बाँकी पालिकाहरु अरुको आडमा जितेको हो । त्यसैले, झाँक्रीलेको विश्लेषण यही आधारमा टेकेको देखिएको छ ।

  हेटौंडा र पोखराजजस्ता प्रतिष्ठित ठाउँले माधव नेपालको पार्टीको हैसियत बढाईदिएको छ । स्थानीय चुनावमा खासै भूमिकामा नदेखिएकी झाँक्री आउने संघीय चुनावमा भने प्रत्यक्षतर्फ उम्मेदवार हुने तयारीमा जुटेकी छिन् ।

झाँक्रीले दुईवटा स्थानमा आँखा लगाएकी छिन् । गुल्मी र काठमाडौंमध्ये एक क्षेत्रबाट उम्मेदवार हुने संभावनाबारे झाँक्रीले बोलेकी छिन् ।

   झाँक्रीले गुल्मीभन्दा पनि काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने संभावना रहेको बताइएको छ । झाँक्री चाहना पनि काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने रहेको छ । विद्यार्थी राजनीतिदेखि यो क्षेत्रमा काम गरेको र बानेश्वर क्षेत्रमा घर पनि भएकोले झाँक्री १ बाट उम्मेदवार बन्ने तयारीमा जुटेकी हुन् । स्रोतका अनुसार, गठबन्धन भए पनि गुल्मीमा चुनाव जित्ने अवस्था नभएका कारणले काठमाडौं १ मा नजर लगाएकी हुन् ।

  यो क्षेत्र कांग्रेसको बलियो प्रभाव क्षेत्र पनि पछिल्ला दिनमा प्रकाशनमान सिंहको राजनीतिप्रति यहाँका स्थानीय आक्रोशित हुन थालेपछि सिंह पनि चुनावी क्षेत्र परिवर्तन गर्न चाहिरहेका छन् । सिंहले निर्वाचन क्षेत्र सारे भने झाँक्रीलाई पनि सजिलो हुने अनुमान गर्न सकिन्छ ।

(साँघु साप्ताहिक, २०७९ जेठ ९ गते)