🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रेमगन्ज’काे ‘तरबार’मा बेनिशाको नृत्य(भिडियाेसहित)

 

काठमाडौँ, ११ जेठ । चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको  प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमालले नृत्य गरेकी छिन् । 

‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । म त हप्ता दिनदेखि नै यो गीतलाई लिएर उत्साहित थिएँ । दर्शकलाई पनि मनपर्छ भन्ने अपेक्षा छ,’ गीत सार्वजनिक कार्यक्रममा बेनिशाले भनिन् । 

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दैछन् । बैंकरसमेत तेज गिरीले फरक पेसाबाट फिल्म क्षेत्रमा आउँदा माया र आशीर्वादको खाँचो रहेको बताए । उनले इमान्दारीका साथ फिल्म बनाएकाले दर्शकलाई साथ दिन पनि आग्रह गरे । गीतमा तेज गिरीको पनि अभिनय रहेको छ । 

चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगन्ज’लाई स्पट ब्वाई राजु फुयालको सहयोगार्थ निर्माण गरिएको हो । फिल्ममा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् ।

कार्यक्रममा सम्बोधन गर्दै निर्माता अनन्तमान श्रेष्ठले फिल्म क्षेत्रमा कर्पोरेट क्षेत्रको पनि लगानी रहनुपर्छ तब मात्र यो क्षेत्रको उन्नति हुन्छ भन्ने सोचसहित फिल्म निर्माणमा संलग्न भएको धारणा राखे ।

‘हामीलाई यो क्षेत्रमा ल्याउने श्रेय निर्देशक परिच्छेदजीलाई नै जान्छ । खासमा भित्रिया भएर नै नेपाली फिल्म क्षेत्रलाई बुझौँ न भनेर हामीले यो फिल्मको निर्माण गरेका हौँ ।

हाम्रो यो यात्रा कति जान्छ , दर्शकमा भर पर्छ,’ उनले भने, ‘तर हामीले दर्शकको रुचि अनुरुपकै फिल्म बनाउने प्रयत्न गरेका छौँ ।’

थुप्रै नेपाली फिल्मको मुख्य सहायक भई काम गरेका परिच्छेद सेनले ‘मदर’, ‘स्ट्राइक’जस्ता अवार्ड विजेता फिल्मको निर्देशन गरेका छन् । ‘प्रेमगन्ज’ भने उनको फिचरमा डेब्यू हो । उनले मनोरञ्जक चलचित्र बनाउने प्रयास गरेको बताएका थिए । 

वाइल्ड रिपर्ज क्रिऊको कोरियोग्राफी रहेको गीतलाई किरण भुषालले संगीत गरेका हुन् भने गीतमा शब्द रहेको छ, पुरुषोत्तम ढुंगेलको । गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

फिल्ममा तेज र बेनिशाका अलावा सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गित विष्ट आदिको अभिनय रहेको छ । फिल्मबाट प्रशन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यू गर्दैछन् ।

न्युज कारखाना