🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पार्टी एकीकरण प्रकृयाबाट माओवादी पछि हट्यो

काठमाडौं, चैत्र ३० \\  नेकपा माओवादी केन्द्र पार्टी एकीकरण प्रकृयाबाट पछि हट्नखोजेको सङ्केत देखापरेको छ।

“एकीकरणपश्चातको सङ्गठनमा ५० प्रतिशत स्थान नपाएसम्म पार्टी एकीकरण हुँदै-हुँदैन” भनेर १०-१२ दिनदेखि प्रचण्डले अड्डी कसिरहेको, पार्टी एकता संयोजन समितिको बैठकलाइ पटक-पटक पर धकेलिरहेको र कर्मचारीको सरुवा गर्दा आफ्ना मान्छे यताउता पर्यो भनेर हङ्गामा गरिरहेको समग्र अवस्थालाइ केलाउँदा बैशाख ९ गते पार्टी एकीकरणको घोषणा नहुने हो कि ? भनेर आशङ्का ब्यक्त हुनथालेको छ।

दुवै दलबीच विश्वासको वातावरण बनिनसकेको भन्दै वैशाख ९ मा गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा तत्कालका लागि टरेको माओवादी नेता मणि थापाले बताएका छन्। 

पार्टी एकीकरण हुन नदिन बाह्यशक्तिहरु सकृय भएर लागेको देखिएपनि प्रचण्डले ५० प्रतिशतको कडा शर्त राखेर अड्डी कस्नुको कारणचाहीं यदि एकीकरण भैहाल्योभने एकीकरणपछि पनि पार्टी फोड्नसकिनेगरी (पार्टी फोड्न ४० प्रतिशत चाहिने) बार्गेनिङ चिप्स सुरक्षित राखेको अनुमान गरिएको छ।