🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पछिल्लाे अपडेट : बालेन केशवभन्दा दाेब्बर मतले अगाडि

काठमाडौं, ६ जेठ । २०७९ जेठ ६ गते बिहान ११ बजेसम्म काठमाडौं महानगरपालिकाकाे  मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले अहिलेसम्म २८ हजार ११ मत ल्याएका छन् । याे समाचार तयार गर्दासम्म ७३ हजार ५ सय ९३ मत गनिएकाे छ ।
 

पछिल्लो मतपरिणाम अनुसार शाहले २८ हजार ११ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४ हजार ७९६ मत पाएका छन् ।
\"\"

( काठमाण्डाैं महानगरकाे मत गणनाकाे अनाैपचारिक चार्ट)

कांग्रेसकी सिर्जना सिंहले १४ हजार २० मत पाएकी छिन् । याे मतगणनासम्म केशव स्थापित र सिर्जनाकाे दाेस्राे र तेस्राेकाे प्रतिस्पर्धा कडा नै देखिन थालेकाे छ ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले पछिल्लाे मत अनुसार, २६  हजार ८५७  मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ७७९ मत पाएका छन् ।